Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाज सेवा दोहाको भाग्यशाली चिठ्ठा खुल्यो

Published on 3:49:00 PM //

प्रेम लामा/दोहा कतार
वैदेशिक रोजगारीको सिलसिलमा दोहा आएका गुल्मीवासीहरुको संस्था गुल्मी सेवा समाजले गत शुक्रवार दोहास्थित  टपफर्म रेष्टुरेन्टमा भाग्यशाली चिठ्ठा खोल्ने कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष द्रोण वहादुर वस्नेतको सभापत्विमा सम्पन्न उक्त कार्यक्रममा समाज सेवा अभियानमा रुपन्देही सेवा समाजका अध्यक्ष टंक भट्टराई, विशेष अतिथिमा प्यूठान सेवा समाजका  महासचिव वल देव राना,  पाँचथर सेवा समाजका अध्यक्ष छवि रमण कटुवाल, समाजसेवी शीव खड्काका साथै गुल्मीमेली दाजुभाईहरुका साथै दोहास्थित विभिन्न समाजिक सघ संस्थाका प्रतिनिधिहरुको वाक्लो उपस्थिति  रहेका थिए । समाजका सदस्य मिनु राम पाण्डेद्धारा उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तब्य दिएपछि  ज्ञात अज्ञात सहीदहरु प्रति एक मिनेटको मौनधारण कार्यक्रम रहेको थियो । 
कसैको विवाद नहोस भन्ने उदेश्यले चिठ्ठा खोल्नु अघि आचारसंहिता निर्माण गरी सानी वालिका दीक्षा खड्काद्धारा कुपन निकालिएर पुरस्कार जित्न सफलहरुको नाम घोषण गरिएको थियो । सो चिठ्ठा कार्यक्रममा जम्मा चारवटा पुरस्कार राखिएको थियो । पहिलो भाग्यशाली ल्याप्टप पुरस्कार जित्न सफल भएका थिए कुपन नं ००९८४ का राम प्रसाद शर्मा, दोस्रो पुरस्कार एलसीडी टि.भी  कुपन नं ०००२२५ शिव पाण्डे र तेस्रो क्यामरा कुपन नं ००२५३ राज शर्माले पााएका थिए ।  
त्यसैगरी, सन्त्वाना भित्ते घडी पाँचजनाले पाएका थिए । होम वहादुर सिह कुपन नं ००९९३, डुक वहादुर वि.क, कुपन नं ००३०७, हिरा वहादुर वस्नेत कुपन नं  ००८३०, वलराम अधिकारी  कुपन नं ००११७, छन्द कवि वद्री प्रसाद पराजुली कुपन नं ००४१७ ले पुरस्कार सान्त्वना पुरस्कार  जित्न सफल भएका थिए ।  सभापति द्रोण वहादुर वस्नेतले आफूलाई  पश्चिम अञ्चलवाट एन आर एनमा जिताएको खुशीयालीमा सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरु, दोहावासी दाजुभाई तथा दिदीवहिनी लगायत पत्रकारहरुलाई धन्यवाद दिएका थिए । आफूले आउँदो कार्यकालमा एनआरएनका एजेन्डप्रति प्रतिबद्धता रहेर एनआरएनमा रहेर आपनो सिप, वुद्धि र विवेकले भ्याएसम्म राम्रो काम गर्ने वताए । जिल्लावासीहरुको समस्याहरुमा साथ दिनको लागि चिठ्ठा कार्यक्रम खोलिएको वताउँदै नजिकिदै  गरेको वडा दशैंको सम्पूर्ण दोहावासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई विजयदशमीको शुभ कामना पनि दिए । कार्यक्रम  संचालन समाजका सचिव भरत सापकोटाले गरेका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग