Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बरामद अखाद्य बस्तु नष्ट

Published on 3:03:00 PM //

शिबलाल सुबेदी
बजार अनुगमनका क्रममा बरामद गरिएका बिभिन्न गुणस्तरहीन खाद्य बस्तुहरु नष्ट गरिएको छ ।
फोटो: जनार्दन घिमिरे
जिल्ला अनुगमन समितीले बिहीबार सदरमुकाम तम्घास लगायत जिल्लाका करिव १ सय पसलहरुको अनुगमन गरि म्याद नाघेका तथा लेवलबिनाका अखाद्यबस्तु बरामद गरेको थियो । बरामद गरिएका त्यस्ता बस्तुहरु शुक्रबार जिल्ला प्रहरी कार्यलय गुल्मीको परिसरमा नष्ट गरिएको हो । यसरी नष्ट गरिएका बस्तुहरुमा बिस्कुट, चाउचाउ, दाल, सुजी, घ्यु, बेसार, खुर्सानीको पाउडर,कुरमुरे दालमोठ लगायत रहेका छन । जिल्ला बजार अनुगमन समितीले जिल्लाको सदरमुकाम तम्घास लगायत गौडाकोट, राजा, रुङखादह, बिरवास, भेडुवा, लुम्छा, बलेटक्सार र रिडी बजारका बिभिन्न पसलहरुको अनुगमन गरेको थियो । यस अगाडि पनि जिल्ला अनुगमन समिती गुल्मीको सदरमुकाम तम्घास बजारको मात्र अनुगमन गरेको थियो भने यस पटक जिल्लाका अन्य स्थानमा रहेका बजारहरुको पनि अनुगमन गरेको हो ।
बजार अनुगमनका क्रममा सदरमुकाम तम्घासकै पसलहरुमा बिगत २ बर्ष अगाडि नै म्याद सकिएका अखाद्यबस्तुहरु फेला परेका थिए । बरामद गरिएका गुणस्तरहीन अखाद्यबस्तु नष्ट गर्ने कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, प्रहरी निरीक्षक श्यामु अर्याल, दिपक शर्मा, ओमप्रकाश चौधरी, औषधी ब्यवसायी सघंका अधयक्ष शेर बहादुर थापा,उद्योग बाणिज्य सघंका महासचिव कुष्ण प्रसाद पोखरेल, नागरिक समाजका प्रतिनिधी, ब्यापारी बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग