Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

९४ वर्षमा बैंश आएपछि

Published on 12:17:00 AM //

मानिसले सामान्यतया २५-३० वर्षमा बिहे गर्छ । दोश्रो बिहे नै गर्नपरेपनि धेरै भए ४०-५० । तर बेलायतमा एक महिलाले ९४ वर्षको उमेरमा बिहे गरेकी छिन् । ९४ वर्षकी महिलाले बिहे गर्ने बेहुलाको उमेर कति होला ? सायद सबैले लख काट्लान्, सय वर्ष भन्दा माथि । तर ती बुढी तरुनीले बिहे गर्ने बेहुला उनीभन्दा १० वर्ष कान्छा हुन् , अर्थात् उनको उमेर ८४ वर्ष छ ।
बुढ्यौलीको रोगले थलिएर अस्पतालमा भर्ना भएकी ९४ वर्षकी वी स्टान्नार्ड आफ्ना प्रेमी डेरेक वाल्करसँग बिहे गर्ने भनेपछि एकाएक तन्दुरुस्त भइन् । अनी हि्वल चेयरमा बसेर घर फर्किन् । त्यसपछि एक चर्चमा गएर दुईजनाले बिहे गरे ।
वास्तवमा यी दुईको अफेयर १२ वर्षदेखि चलेको रहेछ । १५ वर्षअघि वी आफ्ना छोरा नातीकहाँ गएको बेला बेलायती जलसेनाका पूर्व कमाण्डर समेत रहेका डेरेकसँग उनको भेट भएको रहेछ ।
३ वर्षसम्म लगातार देखभेट भएपछि १२ वर्षअघि डेरेकले वी सँग प्रेम प्रस्ताव राखेका रहेछन् । बुढेसकालसम्मै कुमार नै रहेका डेरेकले राखेको प्रेम प्रस्ताव वीले सहर्ष स्विकारिछन् । त्यसपछि दुईबीच पिरती गाँसिएछ ।
हुनत आफ्नी प्रेमिका वीसँग डेरेक तत्काल बिहे गर्न चाहन्थे तर कट्टर क्रिस्चियन वी भने आफ्नो पहिलेको श्रीमान जिवितै भएकाले बिहे गर्न मानिनन् । पहिलेको श्रीमानसँग सम्बन्ध विच्छेद भैसकेको भएपनि धर्मभिरु वी ले डेरेकलाई कुराइन् । गएको अक्टोबरमा पूर्व पतिको मृत्यु भएपछि मात्र बिहेको चाँजोपाँजो सुरु भएको थियो ।
बुढेशकालमा बिहे गरेको यो जोडी अल्डेवर्गको सामुद्री किनारको रिसोर्टमा हनिमुन मनाउने योजनामा थियो । तर विवाह समारोहका बेला वी अचानक लडेपछि हनिमुनको योजना रद्ध भएको छ ।
यद्यपि केही महिना अस्पतालमा बसेपछि ९४ वर्षकी श्रीमती निको होलिन् र उनलाई लिएर समुद्री किनारामा मस्ती गरौँला भन्ने सोंचमा छन् ८४ वर्षका पति डेरेक । बुढेशकालको पिरती दिगो होस, शुभकामना छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग