Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

४ वर्ष पछि प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

Published on 10:19:00 PM //

अनिल खत्री
जिल्ला खेलकुद विकास समितिको निष्क्रियताका कारण विगत ४ वर्षदेखि हुन नसकेको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यस वर्ष हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले नेपालका प्रत्यक जिल्लामा हरेक वर्ष राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिताका लागि रकम पठाएपनि खेलकुद विकास समितिको निष्क्रियताका करण प्रतियोगिता हुन सकेको थिएन ।
खेलकुद मन्त्रालयबाट २०६५ सालमा प्रतियोगिताका लागि आएको १ लाख ५० हजार रुपैया खर्च हुन सकेको थिएन । सरकारले प्रत्यक वर्ष वार्षिक रुपमा रकम दिने भएप्नि प्रथम राष्ट्रपति कप प्रतियोगिता आयोजना गर्न नसकेका कारण २०६५ सालदेखि यताका ४ वर्ष मन्त्रालयले ६ लाख रुपैया रकम दिएको थिएन ।
मन्त्रालयले हरेक वर्ष राष्ट्रपति कप प्रतियोगिता गर्ने भएपनि गर्न नसकेपछि चार वर्ष पछि प्रथम राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता गर्न लागिएको खेलकुद विकास समितिका अध्यक्ष बाबुलाल शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार खेलकुद विकास समितिको आयोजनामा यही कात्तिक २१ गतेदेखि २५ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको छ । उहाँले जिल्लाको खेल क्षेत्रको विकासमा प्रतियोगिताले महत्वपुर्ण टेवा पुर्याउने उल्लेख गर्दै आगामी कार्तिकमा हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई खेल महोत्सवका रुपमा मनाउने बताउनुभयो । छात्र-छात्रा भलिबल र एथ्लेटिक्स प्रतियोगितमा सहभागी हुन जिल्लाका १ सय १९ बिद्यालयमा पत्रचार गरिसकिएको समितिले जनाएको छ । ५ लाख ९ हजार ६ सय खर्च लाग्ने अनुमान गरिएको कार्यक्रममा सहभागी हुदाँ आउने जाने खर्च भने बिद्यालय स्वयंले बेहोनुपर्ने अध्यक्ष शाक्यले बताउनुभयो ।
जिल्लामा उत्कृष्ट भएपछि क्षेत्रीय खेलमा जादाँको सम्पुर्ण खर्चको जिम्मा भने जिल्ला खेलकुद समिति बागलुङले लिने बताइएको छ । त्यसअघि सोही प्रतियोगिताको प्रचार प्रसार स्वरुप भदौ ३१ गते खेलकुद विकास समिति र पत्रकार बिच मैत्रीपूर्ण फुटबल प्रतियोेगिता, असोज १५ गते जिल्लाब्यापी ब्याडमिन्टन प्रतियोगिता, कार्तिक ८ गते बुद्धिचाल प्रतियोगिता, १४ गते ५ हजार मिटर दौड प्रतियोगिता आयोजना गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग