Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोले घरगोठ जोखिममा

Published on 12:18:00 PM //

सीता भण्डारी,
गएराति परेको वर्षातसँगै पहिरो जाँदा गुल्मी वलिथुममा एक घरगोठ पहिरोको जोखिममा परेका छन् ।
वर्षात सँगै वलिथुमको तारा हान्ने गहिरा भन्ने स्थानमा पहिरो जाँदा वलिथुम ९ निवासी पदम पुनको घरगोठ पहिरोको जोखिममा परेको हो । सोहि पहिरोकै कारण वलिथुम नेटा देखि गाविस भवन हुदै सानो लुम्पेक जोड्ने मोटरवाटो समेत अवरुद्ध वनेको छ । सडक अवरुद्ध वनेपछि आफुहरुलाई पैदल हिड्न समेत सास्ती भएको स्थनीयवासीहरुले वताएका छन् । त्यस क्षेत्रमा पटक पटक पहिरो जाँदा स्थानीयवासीले ठुलो समस्या खेप्दै आईरहेका छन् । सो मोटरवाटो वर्षातकै कारण ३ महिना सम्म अवरुद्ध भई केहिदिन अगाडि मात्रै सञ्चालनमा आएको थियो ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग