Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आँधीखोला दशैं भलिवल रनिङ कप पनि गुल्मीलाई, कोरियामा गुल्मीको जगजगी

Published on 12:57:00 PM //

म्याग्दी रनिङ कप, रेसुङ्गा रनिङ कप, लभ इन नेपाल रनिङ कप लगायत दक्षिण कोरियामा आयोजना गरिएका थुप्रै भलिबल प्रतियोगिताको उपाधी चुमिसकेको गुल्मी संपर्क समिती कोरियाले आफ्नो जगजगी कायमै राखेको छ । पछील्लो पटक सेप्टेम्वर २५ मा स्याङ्जा परिवार कोरियाले आयोजना गरेको आँधीखोला दोस्रो भलिवल प्रतियोगिताको पनि शिर्ष उपाधी जित्दै समाज स्याङ्जाली रनिङ कप चुम्न सफल भएको छ ।  नेपाली दर्शकहरुको बाक्लो उपस्थितीका बिच माङ्वोलसा उइजम्फूमा सम्पन्न उक्त प्रतियोगितामा कोरियामा रहेका नेपाली संघ संस्थाका १० टिमले भाग लिएका थिए । अत्यन्तरोचक एवं प्रतिपर्धात्मक उक्त भलिबल खेलमा आयोजक टिम स्याङ्जा लाई २-१ को अन्तरले फाईनलमा पराजित गर्दै गुल्मी समाजले आफ्नो बर्चश्व कायम गर्दै नगद र ट्रफी प्राप्त गर्न सफल भयो । दोस्रो स्थान प्राप्त गर्न सफल स्याङ्जा परिवार का खेलाडीहरुलाई पनि नगद तथा प्रमाण पत्र प्रदान गरियो । तेस्रो स्थानको लागी तनहुँ प्रवासी समाज र नेपाल मगर संघ बीच गोला प्रथा गर्नु परेको थियो । गोला प्रथाबाट तेस्रो स्थान मा तनहुँ प्रवासी समाज छनौट भएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीमा तनहुँ प्रवासी समाजका मिन राना लाई घोषित गरि ट्रफी प्रदान गरियो । साथै अन्य सहभागी टिमलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका सभापति एवं स्याङजा परिवारका अध्यक्ष ईश्वर गुरुङ लगायत नेपाली सम्पर्क समितिका अध्यक्ष डेविड राई, नेपाल मगर संघका अध्यक्ष खड्क पुन, आदिवासी जनजाती महासंघका उपाध्यक्ष मुकुन्द राई, म्याग्दी समाजका नर बहादुर पुन, व्यापार संघका मदन के. सी., खोटाङ समाजका चिरन कार्की, गुल्मी समाजका गान्धिब सुबेदी, सुदूरपश्चिम समाजका सह सचिव नविन कार्की, तनहुँ प्रवासी समाजका ज्ञानु थापा लगाएत विभिन्न संघ सस्थाका प्रमुख हरुले खेलाडीहरुलाई हौसला प्रदान गर्नु भएको थियो । कार्यक्रमको संचालन समाजका सह सचिव पिताम्बर भण्डारीले गर्नु भएको थियो  । कार्यक्रमको व्यवस्थापन समाजका सकृय सदस्यहरु हिमानी गुरुङ, राजु भण्डारी, टेक नारायण काफ्ले, धर्म थापा लगायतले गर्नु भएको थियो ।  

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग