Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खै त महामन्त्री ज्यू हत्यारालाई कार्वाही गरेको ? (फोटो फिचर)

Published on 2:54:00 PM //

खै त महामन्त्री ज्यू हत्यारालाई कार्वाही गरेको ? गत माघ १४ मा काठमाण्डौमा रहस्यमय मृत्यू भएका नेपाली काँग्रेस गुल्मीका नेता फणिन्द्र भण्डारीको हत्यारालाई किन कार्वाही भएन भनेर काँग्रेस महामन्त्री प्रकाशमान सिँह संग गुनासो राख्दै भण्डारीपत्नी धना भण्डारी । भण्डारीले आफ्ना श्रीमानको हत्या नै भएको तर छानविन गरी हत्यारालाई कार्वाही गर्न आयोगले पनि ढिलाई गरेको र पार्टीले पनि पहल नगरेको गुनसो राखेकी थिईन । सिँहले भने आयोगले त्यसको रीपोर्ट दिएपछि कार्वाहीका लागी पहल गर्ने बताएका थिए । भण्डारीले आफूलाई पार्टिले कामको लागी जिम्मेवारी दिनुपर्ने समेत माग गर्नुभएको छ । भण्डारीको गत वर्ष माघ १३ गते राती काठमाण्डौ सुन्धाराको होटल स्वस्तीकमा मृत्यू भएको अर्कोदिन दिउँसोमात्रै रहस्यमय रुपमा शव सार्वजनिक गरीएको थियो । तस्विर ः गगनशिला खड्का
 नेपाली कांग्रेस गुल्मीले २ नं. क्षेत्रिय सम्मेलनको अवसरमा मंगलबार तम्घासमा निकालेको ¥याली । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंह, केन्द्रिय सदस्य चन्द्र भण्डारी सहितका नेताहरु सहभागी र्‍याली तम्घास बजार परिक्रमा गरेको थियो । झण्डै ५ सय प्रतिनिधि र पर्यवेक्षक सहभागी सम्मेलनले अहिलेसम्म गरेका कामको समिक्षा गर्दै आगामी योजना समेत तयार गरेको छ । तस्विर ः घनश्याम गौतम
मेरो पिडा सुनीदेउ: नेपाली कांग्रेस गुल्मीका महाधिवेशन प्रतिनिधी एवं पुर्व जिल्ला सचिव फणिन्द्र भण्डारीको हत्या रहस्यम भन्दै त्यसको उचित छानविन नभएको पीडा कांग्रेस महामन्त्रीसमक्ष पोख्दै भण्डारी पत्नी धना भण्डारी । २०६७ माघ १४ गते काठमाण्डौको स्वस्तीक होटलमा रहस्यमय मृत्यु भएका भण्डारीको छानविनका लागि सरकारीस्तरबाट तिनमहिना भित्र प्रतिवेदन पेश गर्ने गरी आयोग गठन भएपनि अहिलेसम्म सार्वजनिक नहुँदा परिवार थप पीडामा छ । छानविनमा कांग्रेसले चासो नदिएको परिवारको गुनासो छ । तस्विर ः घनश्याम गौतम
नेपाली कांग्रेस गुल्मीले २ नं. क्षेत्रिय सम्मेलनको अवसरमा मंगलबार तम्घासमा निकालेको ¥याली । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंह, केन्द्रिय सदस्य चन्द्र भण्डारी सहितका नेताहरु सहभागी र्‍याली तम्घास बजार परिक्रमा गरेको थियो । झण्डै ५ सय प्रतिनिधि र पर्यवेक्षक सहभागी सम्मेलनले अहिलेसम्म गरेका कामको समिक्षा गर्दै आगामी योजना समेत तयार गरेको छ । तस्विर ः घनश्याम गौतम

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग