Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१ सय २२ गाईलाई नम्बर सहितको ट्याग

Published on 3:15:00 PM //

घनश्याम गौतम 
रेसुङ्गा संरक्षण समितिले रेसुङ्गाको गौशालामा छोडिएका गाईहरुलाई नम्बर सहितको ट्याग लगाईदिएको छ ।
सदरमुकाम तम्घास बजार र सडकहरुमा गौशालाका गाईहरु अव्यवस्थित रुपमा डुल्न थालेपछि समितिले जिल्ला पशु सेवा कार्यालयको सहयोगमा १ सय २२ गाईलाई ट्याग लगाएको हो । गाईसंगै २९ बाच्छाबाच्छीलाई माटे, जुका लगायतका औषधी खुवाईएको संरक्षण समितिका उपाध्यक्ष युवराज भण्डारीले बताए । हिन्दु परम्परा अनुसार पुजाआजामा दान दिएका र दुध दिन छोडेका गाईहरु गुल्मी, अर्घाखा“ची, बाग्लुङ्ग लगायतका जिल्लाहरुबाट गाई एवं बाच्छीहरु धार्मिक स्थल रेसुङ्गाको गौशाला क्षेत्रमा ल्याएर छोड्ने गरिन्छ । गाई हेर्न घनश्याम पराजुलीलाई जिम्मा लगाईएको भएपनि उनले व्यवस्थित गर्न नसकेको आरोप लगाउ“दै आएको समितिले गाईलाई ट्याग लगाएको जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग