Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तिन वर्षपछि दिशामुक्त जिल्ला घोषणा हुने

Published on 3:14:00 PM //

घनश्याम गौतम 
खानेपानी उपभोक्ता महासंघले तिन वर्षपछि जिल्लालाई खुल्ला दिशामुक्त बनाउने अभियान शुरु गरेको छ ।
महासंघले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार पहिलो चरणमा तिन, दोस्रो चरणमा २० र तेस्रो चरणमा बा“की ६६ गाविसलाई खुल्ला दिशा मुक्त गराउने गरी अभियान शुरु गरिएको बताएको छ । अध्यक्ष मधुकृष्ण पन्तका अनुसार यस वर्ष कुर्घा, पराल्मी र जैसिथोक गाविसलाई खुल्ला दिशामुक्त गर्न लागिएको छ । त्यस्तै अर्को वर्ष २० गाविस र तिन वर्षमा सबै गाविसलाई खुल्ला दिशामुक्त घोषणा गर्ने गरी सचेतना र शौचालय निर्माण अभियान संचालन गरिएको छ ।
जिल्लाका ७९ मध्ये ३६ गाविसमा विस्तार भएको महासंघले जिल्लालाई सफा र शुद्ध खानेपानी भएको जिल्ला बनाउन ‘सबैको पहुंचमा सुरक्षित पानी तथा पूर्ण सरसफाई प्राप्त भई स्वास्थ्य नागरिक, सभ्य समाज एवं स्वच्छ वातावरण भएको हुनेछ’ भन्ने परिकल्पना समेत तयार गरेको छ । महासंघले खुल्ला दिशा मुक्त गर्ने तिन गाविसमा विभिन्न समुह गठन गरेर प्रति समुह १० रुपैंयाका दरले सहयोग समेत उपलब्ध गराउने निर्णय गरेको सचिव विष्णु पौडेलले बताए । महासंघमा ३६ गाविसमा १ सय ५ खानेपानी उपभोक्ता समिति आवद्ध छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग