Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाह्र वर्षमै ट्याक्टरचालक

Published on 5:32:00 PM //

गणेश शारू
२२ गते । गुल्मीका एक बालक ट्याक्टरमा हिड्न लागेको ६ महिनामै ट्याक्टर चलाउन सक्षम भएका छन् ।
बाग्लुङ जिल्ला निसी ८ निवासी वर्ष १२ का कृष्ण बुढाले ना. १ त ६०३२ नम्बरको ट्याक्टरको सहचालकका रूपमा काम गरेको छोटो समयमै पूर्ण रूपले काम सिकी ट्याक्टर चलाउन थालेका हुन् । काम सिक्ने क्रममा हालसम्म उनले तीनवटा ट्याक्टरबाट प्रशिक्षण लिईसकेको उनका प्रशिक्षक भीमबहादुर विकले बताउनुभयो ।
सहचालक बुढाले दोस्रोपटक लु. २ त ४२९९ नं. र हाल लु. १ त ७७६७ नं.को ट्याक्टरमा आफ्नो दैनिक काम गरिरहेका छन् । भविष्यमा साहूको होइन आफैले ट्याक्टर किनेर चलाउने उनको धोको छ । कृष्णले कक्षा १ देखि नै सुविधासम्पन्न निजी स्कुलमा ६ कक्षा पढ्दापढ्दै भागेर आफ्नो ट्याक्टर चालक हुने इच्छा पूरा गर्न ट्याक्टरमा काम सुरु गरेका हुन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग