Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी रेडक्रसले पनि मनायो विश्व रेडक्रस दिवस

Published on 11:22:00 PM //

जनार्दन घिमिरे
विश्व प्राथमिक उपचार दिवशको अवशर पारेर नेपाल रेडक्रस गुल्मी शाखाले आज विभिन्न कार्यक्रमको आयोजना गरि विश्व रेडक्रस दिवश मनाएको छ । सवैकालागि प्राथमिक उपचार भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाईटि सामुदायीक स्वास्थ्य तथा प्राथमिक उपचार परियोजना गुल्मी जिल्ला शाखाद्वारा गुल्मीको गौडाकोट उपशाखामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटिका केन्द्रिय उपाध्यक्ष शशि पन्थीले रेडक्रस भनेको दुखको अवस्थामा मानविय सहयोग गर्ने संस्था वताउनु भएको थियो । उहाँले रेडक्रसलाई मानिसहरुले सुखमा पनि सम्झन सक्नेहो भने यसले दुखको अवस्थामा मानविय उद्दार गर्ने वताउँदै यसको आदर्श र मर्मलाई अनुशरण गर्न सकेमा मानिसहरुलाई दूर्घटनावाट अकालमा ज्यान जोखिममा राख्न नपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि सामुदायीक स्वास्थ्य तथा प्राथमिक उपचार परियोजनाका कार्यक्रम संयोजक दीपक पोख्रेलले रेडक्रसका स्वयं सेवकहरुलाई कृतिम घटना अभ्यास अन्र्तगत टाउको र मेरुडण्डमा चोट लागेको अवस्थामा कसरि उपचार गर्न सकिन्छ भन्ने विषयमा कृतिम अभ्यास गराउनुका अतिरिक्त सडक नाटक समेत प्रस्तुतिकरण गर्न लगाउनु भएको थियो ।
गौडाकोट उपशाखाका सभापति वीर वहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा नेपाल रेडक्रस गुल्मी शाखाका उपसभापति अनन्तराम पौडेल, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हरिलाल अर्याल,म्यालपोखरी माध्यमिक विद्यालयका प्रधानाध्यापक मिनवहादुर वस्नेत,राजा रुन्खादह माविका प्रअ विनोद कुमार भुसाल,गौडाकोट उपशाखाका टहल वहादुर थापा लगायतका व्यक्तिहरुले रेडक्रको महत्व र उपयोगिताको वारेमा आआफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
नेपाल रेडक्रस जिल्ला शाखा अधिकृत कृष्णप्रसाद खनालको संचालन रहेको सो कार्यक्रममा गौंडाकोट उपशाखा सचिव पशुपति पाण्डेले स्वागत मन्तन्य व्यक्त गर्नु भएको थियो । नेपाल रेडक्रस सोसाईटि सामुदायीक स्वास्थ्य तथा प्राथमिक उपचार परियोजनाका कार्यक्रम संयोजक दिपक भुसालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको उक्त कार्यक्रममा रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक एवं नेपाल प्रेस युनियनका केन्द्रीय सदश्य जनार्दन घिमिरे, विद्यालय निरिक्षक विष्णु प्रसाद ज्ञवाली, जिल्ला प्रशासन कार्यालयका अधिकृत यज्ञश्वर पन्थी लगायतको विषेश सहभागिता रहेको थियो । सोही अवशरमा प्राथमिक उपचार अभ्यास प्रतियोगितामा लीला थापा प्रथम, रुमा वस्नेत द्वितीय र विमला थापा तृतीय वन्नु भएको थियो भने उक्त प्रतियोगिताको कृष्णप्रसाद खनाल र झविलाल मरासिनले मूल्यांकन गर्नु भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग