Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुल नवन्दा उपभोक्ताहरु जोखिमपुर्ण यात्रा गर्न वाध्य

Published on 2:01:00 AM //

सीता भण्डारी
विगत ४ वर्ष देखी निर्माणाधिन गुल्मीका वामिटक्सार र वाग्लुङको दगातुम्डाडा ६, हाडिखोला जोड्ने पुल अहिले सम्म नवन्दा उपभोक्ताहरु जोखीमपुर्ण यात्रा गर्न वाध्य भएका छन् ।
दुई वर्षमा निर्माण कार्य सम्पन्नहुने भनिएपनि पुल हाल सम्म सम्पन्न हुन सकेको छैन । जोखिम पुर्ण यात्राकै क्रममा आज लु ३ प ६६७९ नम्वरको मोटरसाईकल जिर्ण पुलवाट दरम खोलामा खसेको छ । महेन्द्र आदर्श उच्च मा.वि. का शिक्षक डि.वि. रायमाझिले पुलवाट मोटरसाईकल तार्नेक्रममा मोटरसाईकल खोलामा खसेको हो । पुलमा धेरै पटक धेरैजना लडेपनी मोटरसाईकल खोलामा खसेको भने पहिलो पटक हो । वाग्लुङ जिल्लाको सिधा वुटवलतर्फको एक मात्र नाकाको रुपमा रहेको झलुङ्गे पुल, पक्कीपुल निर्माण गर्ने भन्दै स्काभेटरले खन्दै गर्दा भत्कीएको थियो । वाग्लुङ जिल्लाको पश्चिमक्षेत्र जिल्लाकै दाश्रो व्यापारीक केन्द्र वुर्तिवाङ तथा रोल्पा रुकुम लगाएतका छिमेही जिल्लाहरुका लागी खाद्यान्न ढुवानीको एकमात्र रुटको पुल निर्माण नभएपछि स्थानिय दगातुम्डाडा वडा नं.६, खर्वाङ वजार तथा वामीटक्सारका व्यापारी तथा स्थानिय उपभोक्ताहरुले भत्कीएको पुलको ल७्ठा प्रयोग गर्दै वाँस ठोकेर सामान्य पुल निर्माण गरिएको थियो । तर पुलमा प्रयोग गरिएका वाँस कुहिएको र विचविचको सर्पोट तार छिन्दै गएपछि यात्रा निकै जाखीम पुर्ण हुदै गएको छ । पाल्पा सडक विभाग अन्तरगत निर्माणाधिन पुल समयमा निर्माण हुन नसकेपछि समयमा पुल निर्माणका लागी दगातुम्डाडा गा.वि.स.को तर्फवाट जिल्ला प्रशाशन कार्यालय वाग्लुङमा पत्रचार गरि दवाव दिइएको थियो । त्यसपछि जिल्ला प्रशाशन कार्यालयले पनि मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय गुल्मीमा पत्रचार गरि ताकेता लगाएको थियो । गुल्मीका निर्माण व्यावसायी डिल्लीराज भुसालले ठेक्का लिएको पुलका सामाग्री लिएको ट्रक पाल्पामा दुर्घटनामा परेपछि चलिरहेको निर्माण कार्य अहिले रोकिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग