Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोटरसाईकल दुर्घटनामा तीन घाईते

Published on 1:56:00 AM //

सीता भण्डारी
गुल्मीको हर्दिनेटा गाविसमा आज दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खाँदा तीन जना घाईते भएका छन् । सदरमुकाम तम्घासवाट वलेटक्सार तर्फ जाँर्द गरेको लु ५ प ७१९९ नंको मोटरसाईकल र वलेटक्सारवाट गौंडाकोटतर्फ आउदै गरेको लु ९ प ६५६५ नंको मोटरसाईकल हर्दिनेटा गाविस ६ देउराली वजार नजिकै एकआपसमा ठोक्किँदा तीन जना व्याक्ति घाईते भएका हुन् । घाईते हुनेहरुमा पाल्पा अर्गेलीका २० वर्षिय विष्णु क्षेत्री, वारा घर भई रिडी प्रतिज्ञा अटो मोवाईलमा काम गर्ने वर्ष २१ का पराजय राना र वलेटक्सार ५ रानीवास घर भई तमघास वसपार्कमा श्रेष्ठ फ्रेस हाउस सञ्चालन गर्दै आएका ४० वर्षीय पुरन श्रेष्ठ घाईते भएका हुन् ।
घाईते मध्ये क्षेत्री र रानाको पाल्पामा उपचार भईरहेको छ भने श्रेष्ठ प्राथमिक स्वास्थ्य केन्द्र श्रृंगामा सामान्य उपचारपछि घर फर्किसकेका छन् । दुई वटा मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको श्रृंगा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गंगवहादुर सारुले जानकारी दिनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग