Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा एकको मृत्यु

Published on 6:14:00 PM //

पि.एम.मगर 
गुल्मीको ग्वादी गाविसमा भएको जिप दुर्घटनामा आज एक जनाको मृत्युु भएको छ भने अर्का एक घाईते भएका छन् । गुल्मीको शान्तिपुरवाट वुटवलतर्फ जान्दै गरेको लु १ ज १३८१ न.को जीप रिडी रुद्रवेणी सडक खण्ड अन्तर्गत ग्वादी गाविस वार्ड नं. ४ साँघुरे भन्ने स्थानमा दुर्घटना हुँदा हर्राचौर गाविस ९ का ४३ वर्षीय लक्ष्मण थापाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाईते सोही गाविस ४ हिलेचौरका वर्ष १९ का सुमन थापाको थप उपचारका लागि पाल्पा स्थित मिसन अस्पतालतर्फ लगिदै गरेको प्रहरीले जनाएको छ । वाटोमा विपरित दिशावाट आउँदै गरेको गाडीलाई साईड दिने क्रममा उक्त जीप सडकमै पल्टिएको थियो । जीप सडकमै पल्टिएकाले अहिले त्यस क्षेत्रको सडक अवरुद्ध वनेको छ भने चालकलार्ई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैविच गुल्मीको सदरमुकाम तम्घासको देउराली नजिकै हिजो वेलुका ट्याक्टरले ठक्कर दिँदा तम्घास ६ निवासी १७ वर्षीय हरि परियारको घटना स्थलमै मृत्यु भएको छ । प्रहरीले अनुसन्धानको क्रममा केही ट्याक्टरहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा ट्याक्टरको टायरमा रगत देखेपछि लु १ छ १६५ नम्वरको ट्याक्टरले ठक्कर दिएको खुलासा भएको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक दिपक शर्मा ढुंगेलले जानकारी दिनुभयोे । ट्याक्टर सहित चालक प्रेमवहादुर घर्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग