Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दूध बेचेरै महिनाको डेढ लाख

Published on 3:17:00 AM //

प्रकाश बराल 
रोजगारका लागि विदेश जानेलाइ चुनौती दिँदै भारतीय बैंकको जागिर छाडेर यहाँका एक युवाले व्यावसायिक पशुपालन गरी लाखौं आम्दानी गर्न सफल भएका छन् ।
बागलुङ नगरपालिका-२ श्रीनगरटोलका श्रीकृष्ण पौडेलले १४ गाई र ८ भैंसी पालेर घरबाटै दूध बिक्री गरी मासिक एक लाख ८० हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका हुन् ।
विज्ञानमा स्नातक ४० वषर्ीय पौडेलले भारतको मुम्बईमा दस वर्षसम्म बैंकमा काम गरेर फर्केपछि पशुपालन व्यवसाय सुरु गरेका हुन् । सात वर्षअघि एउटा गाईबाट सुरु गरेको व्यवसायअन्तर्गत पौडेलले अहिले संख्या बढाएका हुन् ।
दैनिक डेढ सय लिटरसम्म दूध घरबाटै बिक्री हुने भएकाले पौडेलले बजारमा दूध पठाउन भ्याएका छैनन् । बिहानदेखि बेलुकीसम्म पौडेलको घरमा दूध किन्ने ग्राहकको भीड लाग्ने गरेको छ । केही समययता बिहान ४ बजेदेखि उठेर दूध दुहुने, वस्तुको स्याहार सुसार गर्दा पौडेलको दैनिकी चलेको छ । अहिले पौडेलले पशु र्फममा ३ जना युवालाई पनि रोजगारी दिएका छन् । पौडेलले मुर्रा भंैसी र जर्सी गाई पालेका हुन् । पौडेलले मासिक एकलाख ८० हजार आम्दानी गरेको बताए । 'आम्दानीबाट मासिक ८० हजार खर्च भए पनि एक लाख रुपैयाँ बचाउन सक्छु,' पौडेलले भने, 'जागिरमा बसेको भए बढीमा ५० हजार कमाउँथे, दस हजार बचाउन पनि मुस्किल थियो ।'
पर्वतको लेखाफाँट घर भई सात वर्षअघि बागलुङ बजार झरेका पौडेलले एक रोपनी जग्गा भाडामा लिएर पशुपालन गरेका हुन् । उनले पशुका लागि स्थानीय पाखोबाट घाँस र दाना खुवाउने गरेका छन् । दूध बिक्री गरेको आम्दानीबाटै चार सन्तानको पढाइ तथा घर खर्चसमेत पूरा गरी बागलुङ बजारमा घर बनाउने सुरसार समेत गर्दै छन् । पछिल्लो समयमा बागलुङ बजार र आसपासका किसान र व्यवसायीले पनि उनको र्फम हेरेर पशुपालन व्यवसाय सञ्चालन गर्ने तयारी गरेका छन् ।
व्यवसायबाट फाइदा भएको देखेपछि पौडेलका आफन्त र छिमेकीले पनि साना व्यवसाय सुरु गर्न थालेका छन् । 'काम गरेमा सानै स्थानमा लाखौं आम्दानी हुनेरहेछ,' बागलुङको मालिकाका नन्दलाल सापकोटाले भने, 'उनको र्फम देखेपछि केही गर्न आफूले पनि थालौंजस्तो लागेर मैले पनि अम्बोटमा भैंसी र्फम सुरु गर्दैछु ।' त्यस्तै मिलनचोकमा श्रीकृष्णका गाउँले दाजुभाइले पनि पशुपालनको काम थालेको बताए । दुई/चारवटा भैंसीबाट सुरु गरेको व्यवसायले पनि आम्दानी बढ्न थालेकाले बढाउने सोचाइमा पुगेको सापकोटाले बताए । बजारदेखि टाढा भएकाले दूध ढुवानीमा भने उनीहरूलाई केही समस्या परेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग