Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा बैंकले लाभान्स वितरण गर्ने

Published on 3:42:00 PM //

घनश्याम गौतम  
रेसुङ्गा विकास बैंकले असार मसान्तसम्मको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ११ दशमलब ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकद्वारा मंगलबार जारी विज्ञप्ती अनुसार संचालक समितिको ८५ औं बैठकले राष्ट्र बैंकबाट स्वीकृती लिएपछि र साधारण सभाबाट पारित गराएर बोनस शेयर र नगद लाभांश वितरण गरिनेछ । जिल्लाका ग्रामिण क्षेत्रमा ६ शाखा विस्तार गरेको बैंकले ७९ करोड ५५ लाख ५५ हजार ८ सय २ रुपैंया निक्षप संकलन गरी ४६ करोड, १ लाख ५४ हजार ८ सय २४ रुपैंया लगानी गरेको छ । बैंकका कार्यकारी प्रमुख सार्जन भट्टराईले संचालक समितिको निर्णय स्वीकृतीका लागि राष्ट्र बैंकमा पेश गरी सकिएको र स्वीकृत भएर आएपछि साधारण सभाबाट पारित गराएर वितरण गरिने बताए । भट्टराईका अनुसार ६ शाखा प्रधान कार्यालय सहितमा बैंकका २२ हजार ९ सय ग्राहक छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग