Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा बजार अनुगमन, भारी परिणाममा अखाध्य बस्तु बरामद

Published on 5:41:00 PM //

जनार्दन घिमिरे
कालो वजारी कृत्रिम अभाब नियन्त्ररण र उपभोग्य सामग्रिहरुको उत्पादन, अवस्था र गुणस्तरको वारेमा अवलोकन गर्न आज गुल्मी जिल्लामा पनि वजार अनुगमगन गरि विभिन्न उपभोग्य सामग्रिहरु वरामद गरिएको छ । जिल्ला वजार अनुगमन समितिले गरेको अनुगमनको क्रममा सदरमुकाम तम्घास वजार र ग्रामिण क्षेत्रका वजार पसलहरुमा म्याद नाघेका वस्तुहरु, विजय जुस,डावर च्यावनप्रास,डावर टुथपेष्ट, युरो जुस, कुरकुरे, विस्कुट, मिठाई, अचार, चियापत्ति तथा कुहिएका फलफुलहरु वरामद गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले वजार अनुगमनकालागि उद्योग वाणिज्य संघका पदाधिकारी, नागरिक समाज, सुरक्षार्मिहरु,संचारकर्मिहरु लगायतका पतिनिधिहरुलाई ५ समूहमा विभाजन गरि एकै पटक अनुगमन शुरु गरेको थियो ।
अनुगमनको क्रममा पसलमा मूल्य सूचि नै नराखेको, दर्ता नभई पसल संचालन गरिएको, पाननम्वर नलिएको समेत फेला पारेको थियो । कतिपय खाद्य वस्तुहरुमा सिलवन्दी गरिए पनि त्यसमा उत्पादीत मिति नै उल्लेख नगरिएको फेला परेको थियो । वरामद गरिएका सम्पूर्ण सामग्रिहरुलाई अहिले जिल्ला प्रशासन कार्यालय गुल्मीमा राखिएको छ । अनुगमनका क्रममा वरामद गरिएका अखाध्य एवं मिति सकिएका वस्तुहरुलाई सार्वजनिक गरी नष्ट गरिने प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले वताए । 
आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिने वताउँदै नेपालले यस्ता अखाद्य तथा मिति सकिएका वस्तु विक्री वितरण नगर्न व्यापार व्यवसायमा संलग्न सवै पक्षलाई आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी नेपालले उपभोक्ता स्वयं पनि यसप्रति सचेत हुनुपर्नेमा जोड् दिएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग