Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टाउकै नभएको बच्चा जन्मियो

Published on 3:58:00 AM //

गुल्मी जिल्लाको जयखानी गाउँ विकास समिति वडा नं. ५ छापकी एक महिलाले टाउको र घाँटी नै नभएको बच्चा जन्माएकी छिन् ।तेस्रो पटक बच्चा जन्माएकी २३ वर्षीय शिव थापाले गर्भवति भएको सातौँ महिनामा जन्माएको छोरी भने मृत अवस्थामा घरमै जन्मिएको उप–स्वास्थ्य चौकी जयखानीकी अनमी सुनु श्रेष्ठले बताइन् ।टाउको र घाँटी समेत नभएको उक्त बच्चाको च्यापुमा रौं उम्रिनुका साथै छाती तथा पेट समेत अस्वभाविक रहेको अनमी सुनुले टेलिफोन मार्फत जनाएकी हुन् ।
घरमै मृतक बच्चा जन्माएकी शिशुको साल नाल नहुनुका साथै रक्तश्राव बढी भएपछि आइतबार राति उपचारका लागि पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा पठाइएको उनले जानकारी दिइन् । आठ वर्षअघि एक छोरीको सकुशल जन्म दिएकी शिवको त्यसपछि जन्मिएकी एक छोरीको पनि मृत्यु भएको अनमी सुनुले बताइन् ।
हाल मिसन अस्पतालमा उपचारका शिवको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ । शिवकी आठ वर्षकी छोरी भएकाले उनले १४ वर्षको उमेरमै विवाह गरी १५ वर्षको नाबालक अवस्थामै पहिलो बच्चा जन्माएको देखिन्छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग