Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाहुन र क्षेत्रीहरुको बिरोध

Published on 4:10:00 PM //

नारायण प्रभात मरासिनी
वर्तमान सरकारले दौरा सुरवाल, टोपीलाई नेपालको राष्ट्रिय पोषाकको रुपमा मान्यता नदिएको भन्दै ब्राह्मण र क्षेत्री समाज गुल्मीले सदरमुकाम तमघासमा विरोध जनाएका छन् । सरकारले नेपाली पोशाकलाई उपेक्षा गरेको भन्दै उनीहरुले घोषणा पत्र जलाउनुका साथै उक्त घोषणा फिर्ता लिन समेत अनुरोध गरेका छन् । विरोध कार्यक्रममा नेपाल ब्राह्मण समाजका अध्यक्ष शशि पन्थी र नेपाल क्षेत्री समाजका अध्यक्ष यमवहादुर थापाले दौरा सुरवाल, टोपीलाई नेपालको राष्ट्रिय पोषाकको रुपमा मान्यता दिन आग्रह गर्नुभएको छ ।

यस्तै पाल्पामा पनि क्षत्रि समाज नेपालले एक घण्टा चक्काजाम गरेको छ । २०६२-६३ को जनआन्दोलन पश्चात राष्ट्रियतामाथि निरन्तर प्रहार हुँदै आइरहेको भन्दै पूनः राष्ट्रिय पोषाक घोषणा गर्न माग गर्दै तानसेन तम्घास÷मिशन सडक खण्ड दिउँसो १२ देखि १ बजेसम्म सडक अवरुद्ध गरेको हो । समाजले प्रेस विज्ञप्ती समेत प्रकाशित गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजका वरिष्ट उपाध्यक्ष डुलबहादुर कुवँर र सचिव भोजबहादुर थापाद्धारा जारी गरिएको विज्ञप्तीमा २२ गते वर्तमान सरकारले गरेको राष्ट्रिय पोषाक सम्बन्धि निर्णय अविलम्ब फिर्ता गर्न माग गरिएको छ । यता दाङमा पनि बाम्हण र क्षेत्री समाजले एक घण्टासम्मा चक्काजाम गरेका छन् । समाजले ७५ जिल्ला समरमुकाममा १ घण्टा चक्काजाम कार्यक्रम राखेको हो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग