Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बजारमा छ्याप्छ्याप्ती अखाध्य बस्तुहरु(फोटो)

Published on 4:21:00 PM //

तम्घास जिल्ला प्रशासन कार्यालय, गुल्मीले गरेको बजार अनुगमनका क्रममा फेला पारेका अखाध्य सामग्री ।
अनिल खत्री 
गुल्मी जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घास बजार र सदरमुकाम बाहिर गौडाकोट, विरवास, भेडुवा, लुम्छा, श्रृङ्गा, बलेटक्सार, रिडीबजार अनुगमन गरेको छ । नजिकीदै गरेका चाडपर्व र बजारमा म्याद सकिएका सामाग्रीहरु विक्रि वितरण भैरहेको गुनासो बढेपछि प्रशासनले अनुगमनलाई तीब्रता दिएको प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले बताउनु भयो ।
जिल्ला प्रशासनले पशासनका कर्मचारी गोपाल प्रसाद पाण्डेय, तुल्सी न्यौपाने, पर्शुराम पन्थी र मालापोत अधिकृत विजय रानाको नेतृव्तमा नेपाल पत्रकार महासंघ, गुल्मी उद्योग वाणिज्य संघ जिल्ला प्रहरी कार्यालय गुल्मी सहितको टोलीले तम्घासका विभिन्न टोलका यसको अनुगमन गरेको थियो ।
त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गा प्रसाद पाण्डेय र पत्रकार शिव सुवेदी सहितको टोलीले गौडाकोट देखी रिडी सम्मको ग्रामीण बजारको अनुगमन गरेको थियो । टोलीले ठुलो परिणाम म्याद सकिएका खाध्य सामाग्री, सुर्ती, बिस्कुट, कुरकुरे, मसला लगाएत विभिन्न खाध्यका सामाग्री बरामद गरेको छ । साथै बरामद गरिएका खाध्य सामाग्रीहरु जिल्ला प्रशासनले नष्ट गर्न र अर्को पटक देखी त्यस्ता सामाग्री पुन फेला पारेमा विक्रि गर्न व्यवसायिलाई थप कार्वाही अगाडी बढाउने प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले जानकारी दिनु भएको छ । अनुगमन क्रममा दर्ता नभएका पसललाई दर्ता गर्न, अवेवस्थीत मासु पसललाई व्यवस्थीत गर्ने, मधिरा र खाध्य सामाग्री एकै स्थानमा राखेका व्यपारीलाई छुट्टा छुट्टै स्थानमा राखेर विक्री गर्ने व्यवस्था मिलाउन समेत अनुगमन टोलीले आग्रह गरेको छ ।
उक्त अनुगमन टोलीमा उद्योग वाणिज्य संघका महासचिव कृष्ण पोख्रेल , सचिव तारा भुसाल, पशु सेवा कार्यलयका डाक्टर हरि बहादुर केसी, डाक्टर महेन्द्र मल्ल, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतम , कोषाध्यक्ष नरेश भण्डारी लगायत रहनु भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग