Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मेरो गीत उनको लागि

Published on 9:47:00 AM //

-" निराश बिरही" रेशम श्री
भावनामा म अचेल शब्दहरु केलाउदैछु
नजरमा कसैको तस्बिरहरु खेलाउदैछु
डुबेर हेर मेरो मनको गहिराइमा कोइ
त्यही भित्र कसैको माया मैले सजाउदैछु

बसन्ती फूल भन्दा राम्री उनिले मुस्काउँदा 
आफ्नै बशमा भए झै धर्ती उनी छेउआउँदा
डालिडाली डुलेर म बासना ति सँगाल्दैछु
डुबेर हेर मेरो मनको गहिराइमा कोइ
त्यही भित्र कसैको माया मैले सजाउदैछु

लिइ आयौ मेरो आँगनमा खुशीका मुहान
हाँसिखुशी बित्छ यहाँ हरेक साँझ बिहान
छिनेर लाली किरणको हिस्सी निखार्दैछु
डुबेर हेर मेरो मनको गहिराइमा कोइ
त्यही भित्र कसैको माया मैले सजाउदैछु


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग