एउटै छाप्रोमा ११ टुहुरा
Published on
1:30:00 PM //
कमल थापा
रुकुम सदरमुकाम खलंगा-३ स्थित एक छाप्रोमा ११ टुहुरा बस्दै आएका छन्। सशस्त्र युद्धकालमा नेपाली सेनाको मोर्टार आक्रमणमा घाइते भएकी गरायला-५ की देवसरी पुनका ५ र जाङ गाविसका आइते तामाङका ६ गरी ११ बालबालिकाले कुनै राहत पाएका छैनन् ।
२०५९ मंसिर ९ गते गस्तीमा गएको सेनाको गोली दुवै तिघ्रामा लागेकी देउसरीको उपचार अभावमा गत मंसिरमा मृत्यु भएको हो।
आमाको मृत्यु र बाबुले हेर्न छाडेपछि १५ वर्षीया ललिता पुन, १३ वर्षीया सानु पुन, ११ वर्षीया हिरा पुन, ९ वर्षीया कविता पुन र ६ वर्षीय जनम पुनको रेखदेख गर्ने कोही छैन ।
उनीहरु स्थानीय लालबहादुर नेपालीको गोठमा बस्दै आएका छन्। सरकारले द्वन्द्वकालमा मृत्यु भएकालाई लाख रुपैयाँका दरले राहत दिए पनि द्वन्द्वकालमा लागेको गोलीकै घाउ बल्भि्कएर मृत्यु भएकी देउसरीको परिवारले पाउन सकेको छैन।
बाबुको मृत्यु र आमाको मानसिक सन्तुलन गुमेपछि बिचल्लीमा परेका पूर्वी रुकुमको जाङ गाविसका तामाङ परिवारका ६ बालबालिका पनि देवसरीका टुहुरासँगै बस्दै आएका छन् ।
उनीहरुका बाबु आइते तामाङको गत पुसमा मृत्यु भएको हो। सबै बालबालिका एक वर्षको अन्तरमा जन्मेका हुन्। आमा पृथ्वीमायाको कतिखेर होस आउँछ भने कतिखेर जे मन लाग्यो त्यही गर्छिन्।
'पानीको झरीसँगै मध्यरातमा आए, बस्ने ठाउँ नभएकाले बालबच्चाका लागि गोठको ढोका खोलिदिएँ,' गोठका मालिक लालबहादुरले भने, 'ओढ्ने एउटा थोत्रो कम्बल पनि पानीले भिजेकाले रातभर जाग्राम बसे ।' खानेकुरा नहुँदा कहिलेकाहीँ छिमेकीले दिने गरेका छन्। त्यसमाथि मानसिक रोगी आमाले खाना फालिदिने, कुटपिट गर्ने, कपडा च्यातिदिने र मध्यरातमै घरदेखि बाहिर लगेर डुलाउने गरेको छिमेकी भावना परियारले बताइन् ।

नागरिक न्यूजबाट
0 प्रतिकृयाहरु