Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कोरियाबाट वार्षिक १३ अर्ब रेमिट्यान्स भित्रंदै

Published on 2:49:00 AM //

मीन प्रकाश उप्रेती
नेपालका लागि दक्षिण कोरिया  रेमिट्यान्स भित्र्याउने आर्कषक देश बन्दै गएको छ । ब्यवशाय र बैवाहिक भिषा संग संगै रोजगार अनुमति प्रणालि (इपिएस) अन्तर्गत नेपाली कामदारलाई दक्षिण कोरिया सकारले उच्च प्राथमिकता दिएर  कोरिया भित्र्याएका कारण रेमिटेन्समा  वृद्धि भएको हो ।

 दक्षिण कोरियास्थित नेपाली दुतावासले जनाए अनुसार रोजगार अनुमति प्रणालि (इपिएस) , ट्रेनिङग, व्यवशाय, बैवाहिक भिषा तथा अवैधानिक रूपमा कोरियामा बसोवास गर्दै आएका गरि नेपालीहरूको संख्या पन्ध्र हजारको हाराहारीमा रहेको छ ।
कोरियामा व्यवशाय संचालनदेखि बाहेक अन्य भिषामा रहेका नेपालीहरूको आय प्रति व्याक्ति प्रति महिना एकलाख रूपयाँ हुने गर्दछ । सबै खालका खर्च कटाइ सरदर प्रति व्याक्तिले ८० हजार रूपयाँ बचाउने गरेको कोरियास्थित बिदेशी सहयोग केन्द्रको एक अध्ययनले  देखाएको छ ।
यसै गरि करीव तीन सयको संख्यामा दक्षिण कोरियामा रहेर ब्यवशाय संचालन गर्दै आएका ब्यवसायीहरूको आय सरदर एकलाख पचास हजार प्रति महिना प्रति व्याक्ति हुने गरेको एनआरएन कोरियाका अध्यक्ष केपी सिटौलाले बताए ।
यसरि कमाएको रकम पाँच प्रतिशतले  कोरियामै  खर्च गर्ने गरेको बिदेशी सहयोग केन्द्रको  अध्ययनले  देखाएको छ । उक्त पाँच प्रतिशतलाइ कटाइ  बार्षिक आय ब्यवशायी तर्फ चौवन्न करोड हुन आउँछ भने अन्य भिषामा रहेका हरूको बार्षिक आय तेह्र अर्ब चालिसलाख हुन आउँछ । 
यसरी हेर्दा दक्षिणकोरियामा रहेका नेपालीहरूको कुल नेपाल भित्रने बार्षिक आय तेह्र अर्ब ९३ करोड हुन जान्छ । यसरी नेपाल भित्रिएको उक्त रकम ६० प्रतिशतले घर जग्गा खरिद गर्ने गरेका छन भने बाँकीले व्यवसाय तथा अन्य कामाम लगाउने गरेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग