Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमालेको चियापान तथा शुभकामना आदानप्रदान

Published on 2:12:00 PM //

घनश्याम गौतम
नेकपा एमाले गुल्मीले पहिलो पटक पार्टी कार्यालयमा शनिवार शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम गरेको छ ।
एमालेले कार्यालयमै गरेको चियापानमा राजनीतिक पार्टी, प्रमुखजिल्ला अधिकारी, प्रहरी नायवउपरिक्षक, कार्यालय प्रमुखहरु, कर्मचारी, व्यवसायी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । बिजयादशमी एवं दिपावलीको शुभकामना आदानप्रदानका लागि आयोजित कर्याक्रममा उपस्थित अतिथिहरुलाई एमालेले नरिवल, काजु, किसमिस, छोडा लगायतका सामाग्री र गुल्मेली कफि खुवाएर सत्कार गरेको थियो ।
चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित सबैले शुभकामनासंगै देशमा छिटो शान्ति र संविधान ल्याउन दलहरुसंग आग्रह गरेका थिए । दलका प्रमुखहरुले भने ढिलो चाडो भएपनि मुलुकमा शान्ति स्थापना हुने र संविधान जारी हुने भन्दै आश्वस्त पारेका थिए । एमाले अध्यक्ष बोमबहादुर खड्काले पहिलो पटक आयोजना गरिएको भएपनि फरक ढंगले सत्कार गर्दै जिल्लाकी कफि खुवाई शुभकामना आदानप्रदान गरिएको बताए ।
वाहिरबाट आउने अथितिहरुलाई चिनो स्वरुप जापान र कोरियामा प्याकेजिङ्ग भएको गुल्मेली कफि उपहार दिने चलन रहेपनि जिल्लामा हुने अन्य कार्यक्रमहरुमा स्थानीय कफि खुवाउने प्रचलन छैन् । एमालेको चियापानले गुल्मेली कफिको प्रोत्साहित समेत गरेको एमाले प्रचार विभाग प्रमुख शेषकान्त गौतमले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग