Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कर्मचारी अभावले आयुर्वेदिक स्वास्थ्य केन्द्रमा समस्या

Published on 2:17:00 PM //

जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसार कर्मचारी नहुँदा नियमित कामकाजमा समस्या परेको छ ।
नेपाल सरकारको दरबन्दीमा रहेका कुल १९ जना कर्मचारीमध्ये अहिले १२ जनामात्र कार्यालयमा उपस्थित रहेकाले अस्पतालको दैनिक काममा निकै समस्या आएको कर्मचारीले गुनासो गरेका छन् । कार्यालय प्रमुखसमेत लामो समयसम्म कार्यालयमा उपस्थित नहुँदा काममा थप समस्या भएको छ ।
प्रायः कार्यालयमा कार्यालय प्रमुख लामो समयसम्म विभागबाट नआउने र आए पनि काजमै घरपायक मिलाएर बस्ने प्रवृत्तिले गर्दा समस्या उब्जिएको कविराज कलराज आचार्यले दुःखेसो पोख्नुभयो ।
सुरुसुरुमा दिनमा फाट्टफुट्ट दुई चारजनामात्र बिरामी आउने गरेको स्वास्थ्य केन्द्रमा अहिले दैनिक ५०देखि १०० जनासम्म बिरामी आउने गरेकाले कर्मचारीको अभावमा थप समस्या परेको उहाँले बताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग