Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्लबको वार्षिकोत्सब, बिबिध कार्यक्रम सम्पन्न

Published on 1:02:00 PM //

मनोज बस्नेत
स्वतन्त्र जनपक्ष युवा क्लव धुर्कोट रजस्थल गुल्मीको दोस्रो वार्षिकोत्सव बिभीन्न कार्यक्रमका साथ आज सम्पन्न भएको छ । बार्षिक उत्सवको अवसरमा घैटोफोर प्रतियोगिता लगाएत बिभीन्न व्यातित्वलाई सम्मान कार्यक्रम गरिएको हो । घैटोफोर प्रतियोगितामा प्रथम हुनुभएको रजस्थल गाविस वार्ड नम्ंबर ७ का यम बहादुर महतलाई पुरस्कार प्रदान गरिएको छ ।समाजसेवि सम्मान अन्तर गत गाविसको वार्ड नम्बंर ७ कै समानसेवि भेष बहादुर खत्रि, जेष्ठ नागरिक सम्मानबाट सोही ठाउँका ९२ बर्षिय मनकउला पराजुलिलाई सम्मान गरिएको छ । त्यस्तै २०६७ सालको एसएलसी परिक्षामा गाविसको वार्ड ७ बाट उत्कृष्ट अकं ल्याउने बिद्यार्थी सम्मान अन्तरगत धुर माध्यामिक बिद्यालय रजस्थलबाट ६६ दशमलव ६७ प्रतिशत अकं प्राप्त गर्ने शर्मिला केसी र ईन्दिरा माध्यामिक बिद्यालय रजस्थलबाट ६२ दशमलब ३७ प्रतिषत अकं ल्याउने विवश पाण्डेलाई प्रमाण पत्र र पुरस्कारले सम्मान गरिएको छ ।
कार्यक्रममा स्थानीय समाजसेवीहरु कृष्ण बहादुर नेपाली, युवराज पाण्डे, देविस्थान प्राथमिक बिद्यालयका शिक्षीका बिष्णु खड्का लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सहिद शम्सेर बहादुर खत्रिका छोरा गोपाल खत्रिको प्रमुख आतिथ्यता, स्वतन्त्र जनपक्ष युवा क्लवका अध्यक्ष लोक बहादुर केसीको अध्यक्षता, सदस्य कृष्ण बहादुर केसीको स्वागत मन्तव्य र सचिव बिष्णु कुवंरको सञ्चालनमा सम्पन्न भएको हो । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग