Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दोस्रो रेसुङ्गा कप पनि गुल्मीलाई

Published on 7:25:00 PM //

रामु लम्साल 
अक्टुवर २ मा गुल्मी सम्पर्क समिती द्धारा आयोजित दोस्रो रेसुङ्गा कप भलिवल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । माङ्वोल्सा कवड हलमा १२ टीम बीच भएको प्रतिस्पर्धाको फाइनल खेलमा नेपाल मगर संघ कोरियालाई संघको अन्तरले पराजित गर्दै आयोजक टिम गुल्मीले रेसुङ्गा कप माथि लगातार दोस्रो पटक विजय प्राप्त गर्दै नगद ६५०००० । वोन र ट्फी प्राप्त गर्न सफल भएको छ । दोस्रोमा चित्त बुझाएको नेपाल मगर संघ ले ४००००० । वोन सहित प्रमाण पत्र प्राप्त गरेको छ । कोरिया स्थित नेपाली समुदायको बाक्लो उपस्थितीका बिच सम्पन्न उक्त खेल अत्यन्तै रोचक एवं प्रतिस्पर्धात्मक रहेको थियो । समाजको विकास गर्ने मूल अभिप्रायले आयोजना गरिएको उक्त खेलमा तेस्रो स्थानको लागी तनहुँ प्रवासी समाज र बाग्लुङ सम्पर्क समिती बीच गोला प्रथा गर्नु परेको थियो गोला प्रथाबाट बाग्लुङ सम्पर्क समिती छनौट भई नगद २००००० । वोन र प्रमाण पत्र प्राप्त गर्यौ । प्रतियोगितामा उत्कृष्ट खेलाडीमा तनहुँ प्रवासी समाजका मिन राना लाई घोषित गरि नगद र ट्रफी प्रदान गरियो । यस्तै उत्कृष्ट टीमको पुरस्कार भने बाग्लुङ सम्पर्क समिती र अनुशासित खेलाडीमा नेपाल मगरसंघका ईश्वर दर्लामी पाउनु भयो । सो प्रतियोगितामा गुल्मी सम्पर्क समितीलाई पूर्व अनुमानित विजेता टिम घोषित गर्ने ३० जना बिच भएको गोला प्रथामा ज्योति थापा छनौट ५०००० । वोन प्राप्त गर्नु भयो । प्रतियोगितामा नेपालकी उत्कृष्ट महिला भलिवल खेलाडी मन्जु गुरुङलाई गुल्मी सम्पर्क समिती र नेपाल भलिवल संघ कोरिया शाखाले संयुक्त रुपमा सम्मान गरेको थियो । सो कार्यक्रको सभापतित्व गुल्मी सम्पर्क समिती अध्यक्ष गान्धिव सुवेदी गर्नु भयो भने प्रमुख अतिथीमा नेपाल सम्पर्क समितीका अध्यक्ष डेबिट राई विशेष अतिथीमा राष्ट्यि महिला भलिवल खेलाडी मन्जु गुरुङ अतिथीहरुमा एन आर एन कोरियाका उपाध्यक्ष राजु क्षेत्री, जन अधिकार मन्चका अध्यक्ष बिष्णु क्षेत्री, जनजाती महासंघका उपाध्यक्ष मुकुन्द राई, सुदूर पश्चिम समाजका अध्यक्ष नर बहादुर सांकी, बाग्लुङ समाजका अध्यक्ष पूर्ण काउंचा, मगर संघका अध्यक्ष खड्क पुन, खोटाङ सेवा समाजका अध्यक्ष चिरन कार्की, तनहुं प्रवासी समाजका अध्यक्ष बिष्णु श्रेष्ठ, कोरियामा नेपाली लोकपि्रय भलिवल खेलाडी उमेश वस्नेत, लगाएत विभिन्न संघ संस्थाका प्रमुखहरुले खेलाडीहरुलाई हौसला प्रदान गरेका थिए । कार्यक्रम एवं प्रतियोगिताको साचालन समाजका पूर्व सचिव गुरु भुषालले गर्नुभएको थियो । समाजका सकृय सदस्यहरुले कार्यक्रको व्यवस्थापन गर्नु भएको थियो ।
प्रतियोगिता आयोजक गुल्मी सम्पर्क समितीले सो कार्यक्रममा समाजको अक्षय कोष निर्माणार्थ गरेको चिठ्ठा कार्यक्रमको नतिजा निम्न अनुसार रहेको छ ।
१ प्रथम पुरस्कार ल्यापटप कम्प्युटर चिठ्ठा नं ०००४७३ उपेन्द्र कार्की ।
२ दोस्रो पुरस्कार मुभि क्यामरा चिठ्ठा नं ०००२०१ भलिबल खेलाडी मन्जु  गुरुङ
३ तेस्रो पुरस्कार डिजिटल क्यामरा चिठ्ठा नं ०००३६३ अर्जुन
सान्त्वना पुरस्कार हरुमा ०००५४१ बिष्णु क्षेत्री ०००५२३ रितु थापा
०००००५ विष्णु खत्री ०००५३० यम थापा

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग