Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एउटाको टाउको माथि अर्कोको खुट्टा राखेर सुत्छन् बन्दीहरु

Published on 2:44:00 PM //

घनश्याम गौतम
क्षमता भन्दा तिन गुना बढी भएपछि जिल्ला कारागारमा बन्दीहरुलाई सुत्न समस्या भएको छ । २० जना पुरुष र ५ महिला गरी २५ क्षमताको कारागारमा ५९ जना पुरुष, ७ महिला र १ बच्चा सहित ६७ जना बन्दी छन् । क्षमता भन्दा तेब्बर बढी भएपछि कारागारमा सुत्न, खाना पकाउने सामाग्री, शौचालय, खानेपानी लगायतका समस्या बढी छन् । पुरुष बन्दी बढी हुंदा सुत्न बढी समस्या भएको छ।
पुरुष बन्दीहरुका चौकीदार लिलबहादुर भण्डारीका अनुसार पुरुष बन्दीहरु बढी हुंदा सुत्ने समयमा एकको टाउको तर्पm अर्कोको खुट्टा बनाएर सुत्नु परेको छ । ‘एकै खाटमा एकातिर दुई जनाको टाउको र दुई जनाको खुट्टा बनाएर सुत्ने गरेका छौं’, उनले भने, ‘सुत्दा दोहोरो लाईन बनाउनु पर्ने र शौचालय जा“दा पालो कुर्नुपर्ने ठुलो समस्या छ ।’ कारागारमा २०५७ साल देखिको सिदामा पुर्नविचार नहु“दा समेत समस्या थपिएको बन्दीहरुको गुनासो छ । सरकारले प्रति कैदी प्रति दिन ७ सय ग्राम चामल र ४५ रुपैंया रकम उपलब्ध गराउने गरेको छ । महंगी बढेर दोब्बर हु“दा समेत सरकारको सुविधा ११ वर्ष देखि परिवर्तन नभएकोले समस्या परेको भन्दै बन्दीहरुले पटक पटक सुविधा बृद्धि गर्न माग गर्दै आएका छन् ।
जिल्ला कारागारमा पुरुष तर्पm ४१ बन्दी र १८ थुनुवा, महिला तर्पm ४ बन्दी र ३ थुनुवा छन् । त्यस्तै बहुविवाह अन्र्तगत थुनामा परेकी विष्णु परियारको १ बर्षको बालक सहित महिला र पुरुष गरी ६७ जना छन् । ६७ मध्ये १५ जना जबरजस्ती करणी मुद्धामा थुनामा छन् । पछिल्ला वर्षहरुमा जिल्लामा जबरजस्ती करणीका मुद्धा बढेका छन् । त्यस्तै यस वर्ष देखि प्रहरी कानुन कार्यान्वयनमा कडा रुपमा प्रस्तुत भएपछि विभिन्न मुद्धामा पक्राउ पर्ने र जेल चलान हुनेहरुको संख्या बढेको छ । कारागार प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार कारागारमा क्षमता भन्दा तिन गुना बढी बन्दी थुनुवा हु“दा सुत्न, शौचालय जान र नुहाउन, निकै समस्यापर्ने गरेको बताए । ‘कारागारमा प्रति बन्दी १ हात पनि ठाउ“ छैन’, अधिकारीले भने, ‘बन्दीहरु अन्यत्र सर्न नमान्दा यहा“ सधै ठाउ“को अभाव हुने गरेको छ ।’ भण्डै ८ दशक अघि निर्माण भएको कारागार मर्मत अभावमा जिर्ण समेत बन्दै गएको छ । ६० जना पुरुष बन्दी सुत्नका लागि जम्मा २ कोठा मात्र
छन् ।
यहा“को कारागारमा अन्यत्रको तुलनामा अन्य सुविधा बढी भएको भन्दै बन्दीहरु जेल सरुवा गर्न नमान्ने भएकोले सधै बन्दीहरुको चाप हुने गरेको अधिकारीले बताए । यहा“को कारागारमा बन्दीहरुका लागि शिप सिक्ने अवसर, आम्दानी, र समय समय स्थानीय संघसंस्थाहरुले गर्ने विभिन्न सहयोगले पनि बन्दीहरुलाई बढी सुविधा उपलब्ध छन् । कारागारमा रहेका बन्दीहरुले ढाका, मुडा, पछ्यौरी, झोला बुनेर विक्रि गरेर मात्र बर्षमा २० देखि ५० हजारसम्म आम्दानी गर्ने गरेका छन् ।
महिला बन्दीकी चौकिदार खिमकुमारी सिंजालीले पनि आफुहरुलाई आम्दानीका लागि शिप सिक्न पाईने, कारागार र प्रशासनसंगको राम्रो सम्बन्ध भएकै कारण अन्यत्र जानु भन्दा अप्ठ्यारो सहेरै भएपनि यहीं कारागारमै बस्ने गरेको बताईन । ‘बन्दी धेरै हु“दा सुत्न, बस्न समस्या हुने गरेपनि अन्य सुविधाहरुका कारण अन्यत्र जान मन लाग्दैन ।’, सिंजालीले भनिन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग