Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

देवरको कुटाईवाट गम्भिर घाईते

Published on 6:05:00 PM //

सीता भण्डारी,
आफ्नै देवरको कुटाईवाट गुल्मीको ईश्मा रजस्थलमा एक महिला गम्भिर घाईते भएकी छन् । ईश्मा रजस्थल गाविस वार्ड नं. ४ जाबुनडाँडा निवासी कमला दर्जीलाई आफ्नै देवर विष्णु दर्जीले कुटपीट गरी घाईते वनाएका हुन् । दशैको टिका लगाएर वसेकी कमलालाई माधक पदार्थ सेवन गरेका आफ्नै देवर विष्णुले कुट्पीट गरेका थिए । कुटपीटवाट घाईते कमलाको टाउको, अनुहार लगायत शरिरका विभिन्न स्थानमा चोट लागेको छ भने ईश्मा उपस्वास्थ्यचौकीमा घाईतेको उपचार भईरहेको छ । प्रहरीले दुवै पक्षका व्याक्तिहरुलाई सोधपुछ गरी घटनाको छानविन गरिरहेको वताएको छ ।
उता आफन्तकोमा दशैंको टीका लगाउन गएको वेला आफन्त आफन्त विच झगडा हुँदा अर्घाखाँचीको सीमलपानीमा ३ जना व्यतिm घाईते भएका छन् । घाईते हुनेमा सीमलपानी १ का ४० वर्षका खुमानसिंह दर्लामी,सोही ठाउँकि डिल्लीमाया राजकोटी र अम्मर पहराई रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको वताईएको छ । घटनास्थलमा प्रहरी पुगेर १ जनालाई पक्राउ गरेको छ भने अन्य दुईजना फरार रहेको र खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग