Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हसिया प्रहारबाट बालिकाको मृत्यु

Published on 9:07:00 PM //

गुल्मी जिल्लाको अमरपुर–१ बस्ने सीता कुमालको ६ महिनाकी छोरी कमला कुमालको हसिया प्रहारबाट मृत्यु भएको छ ।

सीता कुमाल छोरी लिएर  माईती घरमा आएका समयमा आज बिहान बाबु भीमबहादुर कुमाल र उनीबीच सामान्य बादविवाद हुँदा बाबु भीमबहादुर कुमालले हसिया प्रहार गर्दा बालिकाको टाउकोमा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हसिया प्रहार गरेर छोरीको हत्या गर्ने बाबु भीमबहादुर भने फरार रहेको तथा उनको खोजी जारी रहेको प्रहरी बुलेटीनमा उल्लेख छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग