Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओवादीको चियापान तथा शुभकामना आदानप्रदान

Published on 2:27:00 PM //

घनश्याम गौतम
नेकपा माओवादीले दिपावलीको अवसर पारेर आज तम्घासमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एकिकृत माओवादीका केन्द्रिय सदस्य बामदेव क्षेत्रीले आफुहरु पार्टी अध्यक्ष पुष्पकमल दाहालको निर्देशन अनुसार नै अगाडी बढेको बाताँउदै निर्देशन नमान्ने र आफ्नै ढंगले अगाडी बढ्नेहरु कारवाहीको दायरामा आउने दावी गर्नुभयो ।
क्षेत्रीले माओवादी ठुलो पार्टी भएको र शान्ति र संविधान पार्टीको मुख्य एजेण्डा नै भएकाले शान्ति प्रकृयालाई निश्कर्षमा पु¥याई संविधान जारी गरेरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो । नेता क्षेत्रीले अहिले माओवादी शान्ति र संविधानको ड्राइभर बनेको उल्लेख गर्दै त्यसमा कांग्रेस र एमाले गाडीका पाङ्ग्रा बनेर सहयोग गर्नु जरुरी रहेको बताउनुभयो ।
मुख्य मुद्धामा ठुला दलहरु जिम्मेवार बनेर एकमत नभए संविधान जारी हुनै नसक्ने उहांको जिकिर थियो । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भारतसंग गरेको लगानी प्रवद्र्धन तथा सुरक्षण सम्झौता नेपालको औधोगिक विकास र बेरोजगारी समस्या समाधानका लागि अति आवश्यक भएको बताउनु भएको छ । प्रशंगमा चियापान कार्यक्रममा बोल्दै राजनीतिक दलका प्रमुखहरुले सत्तामा समेत भएकाले शान्ति र संविधान निश्कर्षमा पु¥याउने गरी जिम्मेबार बनेर अगाडी बढ्न माओवादीलाई आग्रह गरेका थिए ।
चियापान समारोहमा जिल्लामा क्रियाशिल सबै राजनीतिक दलका प्रमुख, कार्यायल प्रमुखहरु, सुरक्षा निकायका प्रमुख,संचारकर्मी, कार्यकर्ता लगायत सर्वसाधरणको समेत उपस्थिती थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग