Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कांग्रेस जिल्ला समिति विस्तार, उपसभापतिमा श्रेष्ठ

Published on 2:24:00 PM //

घनश्याम गौतम
नेपाली कांग्रेस गुल्मीको हिजो तम्घासमा बसेको जिल्ला कार्यस समिति बैठकले जिल्ला समिति विस्तार गरेको छ । आइतवार बसेको जिल्ला समितिको बैठकले महासमिति सदस्य रहेका भुवनप्रसाद श्रेष्ठलाई उपसभापतिमा मनोनित गरेको छ । त्यस्तै बैठकले मनोनित सचिवमा छन्दबहादुर पहराईलाई मनोनित गरेको छ ।
निर्वाचन क्षेत्रगत आधारमा १ बाट यमबहादुर थापा, २ बाट लक्ष्मण सिंह थापा र ३ बाट लक्ष्मी अर्याल सदस्यमा मनोनित हुन भएको छ । पार्टीको विधान अनुसार जिल्ला सभापति चन्द्रबहादुर के.सी.को प्रस्तावमा उपसभापतिमा श्रेष्ठ, सचिवमा पहराई र सदस्यहरुलाई जिल्ला समिति बैठकले सर्वसम्मत रुपमा अनुमोदन गरेको निर्वाचित सचिव विष्णु बलाल जानकारी दिनुभयो ।
त्यस्तै बैठकले सभापति के.सी. संयोजक र भुवन श्रेष्ठ, विष्णु बलाल, छन्द पहराई, हरी न्यौपाने, शालिक पन्थी, प्रेमनाथ अर्याल, बुद्धिप्रसाद खराल र अनिशा के.सी. सदस्य रहेको कार्यसम्पादन समिति समेत गठन गरेको छ । बैठकले भागवत ज्ञवाली, रुद्रमणी शर्मा, त्रैलोक्यप्रताप सेन, राजेन्द्र पन्त, सुरेशचन्द्र भुसाल र दीन पन्थीलाई सल्लाहकारमा चयन गरेको समेत सचिव बलालले जानकारी दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग