Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अपराधीलाई कानुन अनुसार कारवाही गर्नेः अञ्चल प्रहरी प्रमुख

Published on 5:31:00 PM //

शिबलाल सुबेदी
कुनै पनि अपराधीक कृयाकलापमा संलग्नलाई कानुनले दिएसम्मको कारवाही गन प्रहरी पछि नहट्ने लुम्बिनी अञ्चल प्रहरी कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक बम बहादुर भण्डारीले बताएका छन ।
समय अगाडि अञ्चल प्रहरी प्रमुख भएर भैरहवा आएर बुधबार तम्घास आएका अञ्चल प्रहरी प्रमुख भण्डारीले जिल्ला प्रहरी कार्यलय गुल्मीले बिहीबार उद्योग बाणिञ्य सघं, राजनितीक दल, पत्रकार, समाजेवी, नागरिक समाजसगँ तम्घासमा आयोजना गरेको भेटघाट तथा परिचय कार्यक्रममा यस्तो बताएका हुन । आफ्नो मातहतमा रहेका कुनै पनि प्रहरीले समेत गैह्रकानुनी काम तथा कसैको मिलेमतोमा लागेर कुनै काम गरेको जानकारी पाएमा उसलाई कुनै पनि कारवाही गर्न पछि नहट्ने समेत भण्डारीले बताए । भण्डारीले भने “ म नेपाल सरकारको एक राष्ट्र सेवक हुँ मलाइ कसैले कुनै प्रलोभन देखाएर वा कसैले भनिसुनि गरेर कुनै पनि अपराधिक कृयाकलाप लुकाउन तथा मिलाउन खोजेपनि म कानुन अनुसार चल्ले भएकाले त्यस्ता कुनै पनि अपराधिक तथा समाजमा नकारात्मक काम गर्नेलाइ कारवाही गर्न पछि हट्दैन” यदि मेरो मातहतमा रहेका प्रहरी निकायहरुले समेत कुनै पनि अपराधिक कृयाकलापमा सलग्नलाई छुटकारा दिलाउन खोज्यो भने त्यो समेत जागिरबाट छुटकारा पाउछ भण्डारीको भनाइ रहेको थियो । उनले आफु इमान्दारीताका निष्पक्ष रुपमा रहेर काम गर्ने भन्दै प्रहरीलाइ सहयोग गर्न समेत आग्रह गरेका थिए ।      
भेटघाट तथा परिचय कायक्रममा जिल्लामा क्रियाशिल बिभिन्न राजनितीक दल, गुल्मी उद्योग बाणिज्य सघंका सदस्यहरु, नागरिक समाजका प्रतिनिधीहरु, पत्रकार लगायत सहभागीता रहेको थियो । कार्यक्रममा उपस्थित सबैले जिल्लाको शान्ति सुरक्षाको बारेमा जानकारी गराउदै अञ्चल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भण्डारीको सफल कार्यकालको सुभकामना ब्यक्त गरेका थिए । मगंलबार राती गुल्मीको नयाँगारु गाविसमा सराय नाच भैरहेको बेला दुई समुह बिच झगडा भएपछि झगडा मिलाउने क्रममा एक प्रहरी जवानको खुकुरी प्रहारबाट मुत्यु भएपछि अञ्चल प्रहरी प्रमुख पहिलो पटक अनुसन्धान तथा गुल्मी प्रहरीलाई निर्देशन दिन गुल्मी आएका हुन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग