Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सिर्सेनीमा बेबारिसे सकेट बम फेला

Published on 5:06:00 PM //

घनश्याम गौतम
पश्चिम क्षेत्रको दुर्गम गाविस सिर्सेनीमा गाई चराउने क्रममा बालबालिकाले बेबारिसे अवस्थाका दुई सकेट बम फेला परेका छन् । प्रहरीका अनुसार सिर्सेनी–७ पोखरामा गोरेटो बाटो मुनि दुई ढुङ्गाको बिचमा लुकाईराखेको अवस्थामा बेबारिसे सकेट बम फेला परेका हुन् । बालबालिकाले बम भएको आशंकामा प्रहरीलाई खबर गरेका थिए ।
खिया लागेको अवस्थामा फेला परेको सकेट बमको अनुसन्धान र निश्क्रिय बनाउनका लागि मर्भुङ्ग प्रहरी चौकीबाट असई कृष्ण नेपालीको नेतृत्वमा टोली खटिएको प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले बताए । द्वन्दकै समयमा छोडिएका बम हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग