Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नाकमा सिँगान, काँधमा माओवादीको झण्डा, मन्त्री र सभाषदको भाषण (फोटो फिचर)

Published on 2:34:00 AM //

माथिको तस्बिर राम्रोसँग हेर्नुभयो? छैन भने फेरी एकपटक हेर्नुस् त । यहाँ भनिराख्नु पर्ने त केही छैन किन कि तस्बिर आँफै बोलिरहेको छ । नाकभरी सिँगान लिएर सत्तासिन कम्युनिष्ट पार्टी माओवादीको झन्डा बोकेर आमसभामा सहभागी  साना साना स्कुले नानीहरु ।
यो फोटो हेरेर त झन अचम्म पर्नुभयो होला हैन? साना साना नानीहरु बिद्यालय पोशाकमै काँधमा माओवादीको झन्डा बोकेर भाषण सुन्दै ।  यी फोटोहरु माओवादीले गुल्मीको शान्तिपुर नजिकै छिमेकी जिल्ला बाग्लुङको बरेङमा आयोजित माओवादी आमसभामा तेजेन्द्र श्रेष्ठले खिच्नु भएको हो ।
बर्तमान सरकारका स्थानिय बिकास मन्त्री तथा माओवादी स्थायी समिती सदस्य टोप बहादुर रायमाझी, गुल्मी जिल्ला क्षेत्र नं. १ का सभाषद सुदर्शन बराल लगायतका माओवादी नेताहरुले सम्बोधन गर्ने उक्त जनसभाको प्रचार प्रसार भने बडो तामाझामका साथ गरिएको थियो । कार्यक्रम पुर्व निकालिएको र्‍यालिमा पनी अधिकांश सहभागीहरु किशोरावस्था नपुगेका साना साना नानीबाबुहरु नै देखिन्थे, नपत्याए फेरी एक पटक हेर्नुस् माथिको फोटो । अझ एउटा तल पनि छ ।
के भन्नु खोइ तस्बिर आँफै बोल्दै छन ।
के सुन्या (बुझेका) होलान कुन्नी यिनिहरुले ? कस्ले लगायो होला यिनीहरुलाई काँधमा झन्डा बोकेर र्‍याली गर्न ? बुद्धी सकिएकाहरुले त आमसभामा बालबालिकाहरुलाई लगाएहोलान, स्थानिय बुद्दिजिवी भनाउँदाहरुले के हेरे होलान ?
यिनै नेता ( स्थानिय बिकास मन्त्री) को भाषण सुन्न हो केटाकेटिहरुलाई आफ्नो पार्टीको झन्डा बोकाएर आमसभा स्थल ल्याइएको । के कुरा सुनाएहोलान कुन्नी यिनले ?
हाम्रा गुल्मेली सभाषद पनि पुगेका थिए त्यहाँ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग