Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कतारमा पनि गुल्मेली देउसी सम्पन्न

Published on 1:48:00 AM //


कुमार अविरल पन्थी
शुभ दिपावली २०६८ सालको पावन अवसरमा गुल्मी सेवा समाज दोहा कतारद्वारा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि एक आपसमा शुभ-दिपावलिको शुभ-कामना आदन प्रदान गरी हर्सोउल्लासका साथ देउसी भैलो खेल्ने कार्यक्रम सम्पन्न भएको हो । लक्ष्मण पौडेलको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रम गत अक्टोबर २८ तारिखका दिन कतारको दोहा स्थित  समाजका मानार्थ  सदस्य श्री कमल सिंहको घरमा, त्यसैगरी नेपाली राजदुतावासमा देउसी भैलो खेली सम्पन्न गरिएको थियो ।
सो कार्यक्रमको ब्यवस्थापनको जिम्मा अध्यक्ष श्री दोर्ण बहादुर बस्नेत, भरत सापकोटा, भिम तरामु, टिका बहादुर कार्की आदिले सम्हाल्नुभएको थियो भने वाध्यबादन तर्फ दिलिप पुन, राम प्रसाद पाण्डे, कृष्ण प्रसाद पाण्डे त्यसैगरी गायन तर्फ मिनु राम पाण्डे, दिल्ली कुमार बस्नेत लगायत अन्य सहयोगी कलाकारहरु, साथमा न्रित्य तर्फ सुर्य बहादुर तामाङ, बिजय बस्नेत, लेख बहादुर थापा र प्रकाश पौडेल आदिले अाआफ्नो जिम्मेवारी पुरा गरी कार्यक्रम सफल भएको थियो ।
बिभिन ठाउँबाट आफ्नो अमुल्य समय खर्च गरेर आउनु भएका साथीहरुको साथमा धुमधाम सँग सम्पन्न भएको कुरा उक्त समाजका कार्यसमितीको सदस्य एवम खेलकुद तथा सास्कृतिक बिभागका सम्योजक श्री मिनु राम पाण्डेले जानकारी गराउनु भयो । यसै गरी हरेक वर्ष जस्तै यस वर्ष पनि बिभिन्न कार्यक्रमका साथमा प्रवासको तिहार पर्व सम्पन्न भएको कुरा बिभिन्न क्षेत्रबाट हाम्रा सहक्रमीहरुले जानकारी गराउनु भएको छ । नेपालीहरुका बिभिन्न चाड पर्वहरु प्रवास मै भए पनि बिभिन्न कार्यक्रमका साथ मनाउदै आइएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग