Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कविता

Published on 4:02:00 AM //

-रेशम श्रीस "निराश बिरही" 
हजारौ फूल कमी हुन्छ यहाँ
देउतालाई चढाउन
तर एउटै फूल काफी हुन्छ 
चितामा जलाउन
हजारौ खुशी कमी हुन्छ यहाँ
एक चोट भुलाउन
तर एउटै चोट काफी हुन्छ
जिबनभर रुवाउन
......
त्यसै त झर्दैन आसुँ
कुनै चोट नलागी
त्यसै त गल्दैन जिउ
कुनै ब्यथा नबढी
हजारौ प्रहार कमी हुन्छ यहाँ
एउटा तारा खसाउन
तर एकै उल्का काफी हुन्छ
धरती फुटाउन
......
त्यसै त बल्दैन दियो
सलाई कोरी नबाले
त्यसै त चल्दैन कदम
आँफैले पाइला नचाले
हजारौ कदम कमी हुन्छ यहाँ
एउटा जय पाउन
तर एकै पराजय काफी हुन्छ
यो शिर झुकाउन
......
त्यसै त ढल्दैन बोट
धमिरा,हुरी नलाए
त्यसै त मर्दैन कोइ
पलमा काल नआए
हजारौ सास कमी हुन्छ यहाँ
एउटा धड्कन चलाऊन
तर एकै काल काफी हुन्छ
मृत्‍यु दिलाउन

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग