Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरीमाथि आक्रमण गर्ने विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

Published on 4:50:00 PM //

सीता भण्डारी,
बाग्लुङमा रक्सी खाएर होहल्ला गरेको अवस्थामा झैझगडा मिलाउन गएका प्रहरीमाथि आक्रमण गर्ने पाँच जना विरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत दिपेन्द्रनाथ शुक्ला र मुकेश हरिजनमाथि खुकुरी सहितका घरेलु हतियार प्रयोग गरी आक्रमण गर्ने विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
आक्रमणमा संलग्न बाग्लुङ नगरपालिका—३ गुठीका सन्तोष नेपाली , उनको आमा लक्ष्मी नेपाली, रुकेश परियार, साथी शेरबहादुर गुरुङ र गंगा गुरुङ विरुद्ध मुद्दा चलाएको हो । प्रहरीले छ जनालाई पक्राउ गरेको भएपनि नेपालीकी बहिनी जमुनालाइ भने मुद्दा चलाएको छैन । सुरक्षामा खटिएका प्रहरीमाथि नै आक्रमण भएकोले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको प्रहरी नायव उपरिक्षक उमाप्रसाद चतुर्वेदीले बताउनु भयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग