Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नागरिकता वनाउने वढे

Published on 4:53:00 PM //

सीता भण्डारी,
जिल्ला प्रशासन कार्यालय गुल्मीमा गत चार दिनदेखि सेवा ग्राहीको चाप निकै वढेको छ । प्रशासन कार्यालयमा नागरिता वनाउन र राहदानीको लागि शिफारिस फारम लिनकालागि मानिसहरु दिनभर लाईनमा वस्न वाध्य वनेका छन् । दशंै र तिहारको अवशरमा मानिसहरुको जिल्लामा आवागमन वाक्लो हुने र त्यही अवशर छोपेर घरमा आएको समयमा नागरिता वनाउने र रहदानी फमर्को सिफारिस गरेर फकर्ने गरेका कारण जिल्ला पशासन कार्यालय गुल्मीमा सेवाग्राहीहरुको चाँप वढेको हो । 
जिल्ला प्रशासन कार्यालय गुल्मीमा २४ जनाको दरवन्दी रहेपनि हालसम्म चार जनाको दरवन्दी खाली रहेको र थप एकजना काजमा अर्घाखाँचीमा खटिएका कारण कार्यालयमा सेवाग्राहीहरुको चाँप वढेपछि प्रशासनले जिल्ला कारागार शाखा र स्थानीय शान्ति समितिको कार्यालयवाट थप जनशक्ति मगाएर काम गरिरहेको प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले वताउनु भयो । अन्य समयमा दैनिक सरदर ४० वटा नागरिता वितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालयमा अहिले दैनिक एक सय ५० भन्दा वढी नागरिता वितरण भएको सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालले जानकारी जानकारी दिनुभएको छ । कतिपय सेवाग्राहीहरु भने नागरिकता लिनको लागि दुई दिनको वाटो धाएर सदरमुकाममा आएपनि मानिसहरुको वढ्दो चापका कारण दुई दिनसम्म पालो पर्खन वाध्य वनेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग