Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकार सुनार सम्मानित

Published on 4:53:00 PM //

सीता भण्डारी,
हस्तिचौरको एक संस्थाले गुल्मीका पत्रकार प्रेम सुनारलाई सम्मान गरेको छ । समाजको विकृति विसंगति, अनियमितता, भ्रष्टाचार विरुद्ध कलम चलाउने जिल्लाको खरो पत्रकारको रुपमा पत्रकार सुनारलाई हस्तिचौर स्वावलम्वन वचत तथा क्रण सहकारी संस्था लिमिटेड हस्तिचौर गुल्मीको १० औ वार्षिक साधरण सभाको अवसरमा सम्मान गरीएको हो । 
समाजको यथार्थ र कुनैपनि क्षेत्रमा भएको अनियमितता एवं खोजमूलक पत्रकारीतामा आफनो छुटै पहिचान वनाएका सुनारलाई सो संस्थाको उद्घाटन समारोहका प्रमुख अतिथि जिल्ला विकास समितीका योजना तथा प्रशाशकीय अधिकृत भक्तिराम मरासिनी, संस्थाका अध्यक्ष डिल्लीराज पन्थीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । सुनारलाई गत वर्ष पनि नेपाल पत्रकार महासंघ गुल्मीले उत्कृष्ट क्रियासिल पत्रकारका रुपमा सम्मान गरेको थियो । स्थानिय एवं राष्टिय संचार माध्यममा आवद्ध सुनार क्रान्तिकारी पत्रकार संघ गुल्मीका अध्यक्ष हुन ।
यसैगरी सो संस्थाले ज्येष्ठ सदस्यका रुपमा हस्तिचौर ३ का ७९ वर्षिय वल वहादुर कुंवर र सो संस्थाको भवन निर्माणका लागी जग्गा दान ऋषिराम पन्थीलाई पनि सम्मान गरेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग