Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तोकिएको स्थानमा मात्र पार्किङ्ग गर्न वाणिज्य संघको निर्देशन

Published on 1:18:00 AM //

पि.एम.मगर
गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा सदरमुकाम तमघास वजार क्षेत्रको ट्राफिक एवं यातायात व्यवस्थापनका विषयमा संवन्धित विभिन्न पक्षसँग छलफल तथा अन्तरकृया सम्पन्न भएको छ । छलफलवाट सदरमुकाम क्षेत्रको ट्राफिक एवं यातायात व्यवस्थापनका विषयमा विभिन्न निर्णय समेत गरिएको छ । तमघास वजार अन्तर्गत उदिनढुङ्गा क्षेत्रको वजारमा पार्किङ्ग गर्दै आईरहेका बस, जीप, माईक्रो वस, ट्रक, टयाक्टर लगायतका सवै किसिमका सवारी साधनहरु पार्कमा पार्किङ्ग गर्ने र सवै यातायात व्यवसायी समितिले पार्क परिसर भित्र रहेको टिकट काउण्टरवाट मात्र टिकट काट्नुपर्ने व्यवस्था मिलाउनुपर्ने निर्णय गरिएको छ ।
गुल्मी जिप व्यवसायी समितिद्धारा सञ्चालित सवारी साधनहरु वजार क्षेत्रमा विहान ९ वजेदेखि वेलुकी ५ वजेसम्म स्थायी रुपमा  पार्किङ्ग गर्न नपाउने साथै काठमाण्डौ वुटवलवाट वसहरुले ल्याएको सामान अनलोडका लागि विहान ९ वजेभित्र र वेलुकी ५ वजेपछि मात्र वजार क्षेत्रमा प्रवेश गरी अनलोड् गर्ने व्यवस्था मिलाएको संघले जनाएको छ । त्यस्तै वजारको मिलनचोक क्षेत्रमा अत्यधिक मात्रामा ट्राफिक जाम हुने गरेकाले त्यसलाई मध्यनजर गर्दै त्यस क्षेत्रका होलसेल व्यवसाय गर्ने व्यवसायीहरुले लोड अनलोड गर्दा एकै पटक नगर्ने, एउटै समयमा ट्रक, ट्याक्टर, जीप लाईन लगाएर लोड अनलोड नगर्ने व्यवस्था मिलाउने समेत निर्णय भएको छ ।
छलफलवाट भिमचोकदेखि पुतलीवजार चोकसम्मको सडक सवैभन्दा साँघुरो भएको र पैदल यात्रीहरुको चाँप पनि वढी हुने हुँदा त्यस क्षेत्रभित्र अनावश्यक रुपमा मोटरसाइकल, जीप, कार लगायतका यातायातका साधनहरु लामो समयसम्म पार्किङ्ग गर्न नपाउने, वजार क्षेत्रमा चल्ने जुनसुकै सवारी साधनको गति प्रतिघण्टा १० किलोमिटरको हुनुपर्ने र वजार क्षेत्रमा हर्न वजाउन नपाउने, वजारमा रहेका अव्यवस्थित स्पिड व्रेकरहरुको सुधारका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गर्ने निर्णय भएको गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभएको छ ।
महासचिव पोखरेलका अनुसार नेपाल टेलिकम गुल्मीद्धारा टेलिफोन लाईन वितरणका लागि तानिएका केवल तारहरु क्रमिक रुपमा लत्रिदै गएको हुँदा सवारी साधनले छुने चुँडाउने गरेकाले उक्त केवल तारहरु व्यवस्थित गर्नका लागि संवन्धित कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न सो छलफल कार्यक्रममा उपाध्यक्ष द्धय अखिलेश्वरप्रसाद पाण्डे र दुर्गाप्रसाद पाण्डे, महासचिव कृष्णप्रसाद पोखरल, कोषाध्यक्ष गोमराज श्रेष्ठ, सदस्यहरु रेमलाल पाण्डे र जंगवहादुर कुवँर, त्यस्तै होटल व्यवसायी समितिका अध्यक्ष युवराज भण्डारी लगायत समितिका अन्य पदाधिकारीहरु, जीप व्यवसायी समिति गुल्मीका अध्यक्ष रुपकलाल श्रेष्ठ, सचिव रमेश श्रीस, पश्चिमाञ्चल वस व्यवसायी समितिका तर्फवाट भरत काउछा, रेसुङ्गा मिनी माईक्रो वस व्यवसायी समितिका सचिव श्रीप्रसाद भलामी, गुल्मी ट्रक व्यवसाय समितिका रामप्रसाद पन्थी लगायतको उपस्थिति रहेको थियो । सञ्चालन महासचिव कृष्णप्रसाद पोखरलले गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग