Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक लाहुरेको पहलमा बन्ने भो पुस्तकालय

Published on 1:16:00 AM //

मनोज बस्नेत
देविस्थान माध्यामिक बिद्यालय हस्तिचौर ६ तालतुङ गुल्मीमा पुस्तकालय निमार्णको लागी हस्तिचौर ६ तालतुङ घर भई हाल बेलाएतमा बस्दै आउनुभएका शिक्षा प्रेमी खड्क बहादुर रेश्मीले पुस्तक प्रदान गर्नुभएको छ । बिद्यालयमा मंगलबार भएको एक समारोहमा रेश्मीले पुस्कालय स्थापनार्थ प्रारम्भीक पहल स्वरुप ७१ थान साहित्यीक पुस्तक प्रदान गर्नुभएको हो ।
उहाँले मंगलबारै बिद्यालयमा ५० हजार रुपैँया बराबरको केशर बहादुर ज्ञान कुमारी रेश्मी साङगीतीक अक्षय कोष स्थापना गर्नुभएको छ । साथै रेश्मीले बिद्यालयमा सञ्चालन हुुने बिभीन्न कार्यक्रमको लागी साउण्ड सिस्टम पनि उपलब्ध गराउनुभएको छ । रेश्मीले बिद्यालयलाई यस अगाडि पनि आर्थिक तथा भौतीक रुपमा सहयोग उपलब्ध गराउँदै आउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका रेश्मीले कार्यक्रममा बोल्दै बिद्यालयको शैक्षीक सुधारको लागी आगामी दिनमा पनी सहयोग गर्ने प्रदिबद्धता गर्नुभयो ।
कार्यक्रममा बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर सारुले बिद्यालयमा अब छिट्टै पुस्तकालय बिस्तार गर्ने बताउनुभयो । आजको कार्यक्रम बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष सारुको अध्यक्षता, शिक्षक छविलाल खनालको स्वागत मन्तव्य र शिक्षक ध्रुवराज खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग