Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्ला प्रहरी तम्घासले कालो प्लस्टिक झोला प्रयोग नगर्ने

Published on 6:23:00 PM //


गुल्मीको सदरमुकाम तम्घासलाई प्लास्टिक झोला मुक्त क्षेत्र घोषणा गर्न अभियान सुरु भएको छ । हेल्पीङ ह्याण्डस ग्रुप नामक संस्थाले सदरमुकाम तम्घासमा अभियान सुरु गर्दै शुक्रबार बिहान -याली निकालेको छ । 
 
कालो प्लाष्टिकको प्रयोगबाट मानिसहरुको स्वास्थ्यमा गंभिर प्रकृतिका विभिन्न असरहरु पर्ने भन्दै त्यस्तो प्रकारका प्लाष्टिक झोलाहरुको प्रयोग बन्द गर्न लागिएको हो । र्यालीमा सहभागि गुल्मीका प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले जिल्ला प्रहरी कार्यालय गुल्मीले आजैदेखि प्लाष्टिक झोला  प्रयोग नगर्ने घोषणा गर्नुभयो । 
 
कालो प्लास्टिक बेनजिन र कार्बनजस्ता मानवस्वास्थ्यमा प्रत्यक्ष असर गर्ने हानिकारक तत्वहरुबाट बन्छ । प्लास्किको प्रयोग सन् १०५० सालदेखि युरोपबाट भएको हो । विश्वमा हरेक वर्ष पाँच देखि दश खर्ब प्लास्टिकको झोला प्रयोग हुने गरेको तथ्यांक छ । एक वर्षमा एक जनाले कम्तिमा पनि ८३ वटा प्लास्टिकका झोला प्रयोग गर्ने अनुसन्धानले देखाएको छ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग