Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भिटामीन ए र जुकाको औषधी खुवाईयो

Published on 12:14:00 AM //


मनोज बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रम अनुसार आज पनि देशका ७५ जिल्लाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँएको छ । हिजो खुवाउन छुटेका देशभरका छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई आज सबै गाउँ एवम् नगरका हरेक वडाका तोकिएका केन्द्रहरुमा भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँएको हो । गुल्मी जिल्लामा पनि हिजोँ र आज छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामीन ए र जुकाको औषधी खुवाईएको छ ।
अभियान अनुसार जिल्लाका ७९ ओटा गाविसका ७ सय ११ वडामा ९ सय ९७ महिला स्वयम्सेविका परिचालन गरि भिटामिन ए तथा जुकाको औषधी खुवाइएको जिल्ला स्वास्थ्य कार्यलय गुल्मीले जानकारी दिएको छ । कार्यलयका अनुसार जिल्लामा ५३ हजार ६ सय वालवालिकालाई भिटामिन ए र ४७ हजार ९ सय वाललावलिकालाई जुकाको औषधी खुवाइँएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग