Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

इन्सेक क्षेत्रीय कार्यलयद्वारा कार्यक्रम अनुगमन

Published on 1:12:00 AM //

पि.एम.मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) क्षेत्रीय कार्यलय पोखराको टोलीले इन्सेकद्वारा गुल्मी जिल्लामा संचालित मानवअधिकार शिक्षा कार्यक्रमको आजअनुगमन सम्पन्न ग¥यो । जिल्लामा सञ्चालित कार्यक्रमको प्रभाव, उपलव्धि र कमिकमजोरी पत्तालगाई थप प्रभावकारी बनाउन सुझाव संकलन गर्ने उद्देश्यले गरिएको अनुगमनमा इन्सेक क्षेत्रीय कार्यालय पोखराका कार्यक्रम संयोजक गणेश श्रेष्ठ र लेखा तथा प्रशासन शाखाका मधु पन्थी, जिल्ला कार्यक्रम संयोजक यज्ञप्रसाद भुसाल र इन्सेक जिल्ला प्रतिनिधि नरेश भण्डारी लगायतको सहभागीता रहेको थियो ।
अनुगमन टोलिले जैसिथोक गाविसका नवजागृती महिला समूह, देविस्थान महिला समूह, सीलसिला महिला समूह, प्रगतिशिल महिला समूह, लालिगुराँस महिला समूह, प्रगतिशिल आमा समूह, शान्ति नमुना महिला समूह, नवजागरण महिला समूह र फुलबारी महिला समूहमा छलफल गरेको छ । अनुगमनको क्रममा सहगभागीहरुले मानवअधिकर शिक्षा कार्यक्रमले समाजमा अन्याय र विभेद गर्न नहुनेबारे सचेतना बढाएको एवं कानुनी शिक्षा प्रदान गरेको घारणा राखेका थिए ।
यसै गरी समूहको दिगो व्यबस्थापन गर्न गाविस स्तरमा मानवअधिकार सञ्जाल निर्माण गरि अन्तर समूह सहयोगको बातावरण निर्माण गर्न सके कार्यक्रम थप प्रभावकारी हुने बताएका थिए । अनुगमनको क्रममा इन्सेक जिल्ला कार्यालयमा बैठक सम्पन्न गरी हालसम्म सम्पन्न कार्यक्रमको समिक्षा, आगामी कार्ययोजना र लेखा प्रणली लगायतका विषयमा पनि छलफल भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग