Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरी दिवश मनाईयो

Published on 7:35:00 PM //


शिवलाल सुबेदी
नागरिकहरु पनि विना व्रदिका प्रहरी भएको भन्दै समाजमा उत्पन्न कुनै पनि घटनामा प्रहरीहरुलाई सहयोग गर्नुपर्ने गुल्मीमा आयोति एक कार्यक्रममा सहभागी वक्ताहरुले जोड दिएका छन् । प्रहरी दिवशको अवशरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले आयोजना गरेको चियापान तथा प्रवचन कार्यक्रमका सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रममा सहभागि विभिन्न राजनैतिदल र संघ संस्थाका प्रतिनिधिहरुले समाजमा उत्पन्न समस्या र अपराधिक गतिविधिलाई निरुत्साही वनाउनकालागि प्रहरीले खेल्दै आएको भूमिका प्रभाकारी भएको भन्दै कर्तव्यमा खटिएको अवस्थामा प्रहरीमाथि हुने गरेका कतिपय घटनाहरुले प्रहरीहरुको मनोवल घट्न नहुने पनि उनीहरुले जोड दिएका थिए । व्रदि लगाएका प्रहरीमाथि नागरिकहरुको भरोसा वढी हुने भन्दै कुनै एउटा व्यक्तिले गरेको सानो गल्तीले पनि प्रहरीहरुको सिंगो संगठनमाथि आँच आउन सक्ने भन्दै त्यसतर्फ प्रहरीहरु सधै सजग र सचेत हुनुपर्ने पनि उनीहरुले आग्रह गरेका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला न्यायाधिस कृष्णराम कोईराला, प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल लगायतका वक्ताहरुले सत्य सेवा सूरक्षणम्को मन्त्रलाई सधै आत्मसाथ गरेर अघि वढ्न आग्रह गरेका थिए । कार्यक्रममा दिवशको अवशरमा आयोति विभिन्न खेलकुद् प्रतियोगितामा विजयी वनेका प्रहरी अधिकृत तथा जवानहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग