Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कांग्रेस संगठन विस्तारमा, माओवादी-एमाले भने निश्क्रिय

Published on 7:35:00 PM //


घनश्याम गौतम
लामो समय देखि सरकारको प्रतिपक्षमा बस्दै आएको नेपाली कांग्रेसले द्वन्द्वको समयमा क्षतविक्षत अवस्थामा पुगेको गाउँ स्तरको संगठन, सदस्यता विस्तार एवं कार्यक्रर्ता भेटघाटलाई वार्डस्तरसम्मै पुर्याएको छ ।
कांग्रेस केन्द्रिय अधिवेशनबाट विधान परिवर्तन गरी क्षेत्रीय स्तरमा समिति निर्माण गरेर संगठनलाई थप सक्रिय बनाएपछि कांग्रेसले वार्डतहसम्मको क्रियाशिलतालाई तिब्र पारेको हो । संविधान सभाको निर्वाचनका समयमा समेत पुग्न नसकेका गाउँ तहसम्म नै संगठन र सदस्यता विस्तार एवं नविकरण अभियान पुगेको कांग्रेसले जनाएको छ । सत्ता केन्द्रित भएको माओवादी लामो समयदेखि गाउ“स्तरको संगठन विस्तारमा निश्क्रिय छ भने निश्क्रिय नै रहेको एमाले अहिले प्रतिपक्षमा पुगेपछि बैठक र भेला गर्न शुरु गरेको छ ।
कांग्रेस सचिव विष्णु बलालका अनुसार तिन निर्वाचन क्षेत्र रहेको जिल्ला मध्ये दुर्गम र विकट मानिएका १ र ३ निर्वाचन क्षेत्रका सबै गाउँ स्तरमा पुगेर कांग्रेसले वार्ड समिति गठन गरेको छ । तिनवटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति बढी क्रियाशिल भएका छन् । ३ नं. निर्वाचन क्षेत्रका सिर्सेनी, अग्लुङ्ग, दर्लिङ्ग, मलायागिरी लगायतका गाविसमा समेत पछिल्लो समयमा संगठन र सदस्यता विस्तार गरी विभिन्न रचनात्मक क्रियाकलापहरु संचालन गरिएको क्षेत्रीय सभापति दामोदर भुसालले बताए ।
‘जिल्ला अधिवेशन भएको एक वर्षमा १० महिना म गाउ“मै संगठन र सदस्यता विस्तार एवं कार्यकर्ता भेटघाटमै विताए’, सभापति भुसालले भने, ‘पहिलाको तुलनामा कांग्रेस संगठनमा धेरै परिवर्तन आएको छ ।’ गाउँका सामाजिक क्रियाकलाप र बैठकहरुमा कांग्रेसको प्रतिनिधित्व गर्न समेत डर मान्ने दुर्गम गाउँहरुमा रहेको त्रास हटेर कार्यकर्ता सक्रिय रुपमा लाग्न थालेको उनले बताए । ३ नं. निर्वाचन क्षेत्रका २८ गाविस मध्ये अधिकांश गाविसका सबै वडा स्तरमा कांग्रेस गाउ“ समिति विस्तार भएको उनले बताए । ‘२ सय १६ भन्दा बढी वडा समिति गठन भैसकेका छन् ।’, उनले भने ।
सुगम मानिने २ नं. निर्वाचन क्षेत्रका अधिकांस वार्डस्तरमा भने नेपाली कांग्रेस पहिल्यै पुगसकेकोले अहिले त्यसको क्रियाशिलताका लागि सक्रिय भएको क्षेत्रीय सचिव खिलध्वज पन्थीले बताए । विधान अनुसार जिल्ला अधिवेशन भएको एक वर्ष भित्रै गर्नुपर्ने क्षेत्रीय अधिवेशन समेत सम्पन्न गरिसकिएको पन्थीले बताए । ‘पहिले र अहिलेको कांग्रेस संगठनमा धेरै परिवर्तन आएको छ’, पन्थीले भने, ‘अहिले सबै गाउँ समितिहरु सक्रिय अवस्थामा छन् ।’ २५ गाविस रहेको १ नं. निर्वाचन क्षेत्रमा पनि अहिले वार्ड स्तरसम्मको संगठन विस्तार अभियान भैरहेको क्षेत्रीय सभापति पारीश्वर ढकालले बताए । ‘सबै वार्ड स्तरमा पुगेर क्षेत्रीय सम्मेलन सम्पन्न गर्ने तयारीमा छौं ।’, ढकालले भने ।
सचिव बलालले जिल्ला अधिवेशन पछिको एक वर्षमा कांग्रेस संगठनमा धेरै परिवर्तन आएको बताए । ‘द्वन्द्वको समयमा ३ हजार १ सय क्रियाशिल सदस्य थिए’, उनले भने, ‘अहिले ६ हजार ५ सय भन्दा बढी क्रियाशिल सदस्य पुगीसकेका छन् ।’ उनले अहिलेपनि सदस्यता नविकरण र विस्तार कार्य तिब्र भैरहेको बताए । द्वन्द्व सकिएपछि पनि पुरानो त्रास कायम रहेका दुर्गम गाउँहरु मा अहिले धमाधम कांग्रेसका तल्लोतहका समितिहरु गठर्न पुर्नगठन भएको र कार्यकर्ताहरु सक्रिय भैरहेको बलालले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग