Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरी हत्याका मुख्य अभियुक्त सार्वजनिक

Published on 7:36:00 PM //


घनश्याम गौतम
ड्युटिमा खटिएका प्रहरी माथि छुरा प्रहार गरी हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले साता अघि नयाँगाउँको मैदानमा सराय नाचका क्रममा प्रहरीलाई छुरा प्रहार गरी हत्या गर्ने नयाँगाउँ-८ का २५ वर्षीय नरबहादुर गुरुङ्गलाई हत्यामा प्रयोग गरिएको रेन्बो नाइफ छुरी सहित सार्वजनिक गरेको हो । हत्या लगत्तै फरार गुरुङ्गलाई प्रहरीले शुक्रवार पक्राउ गरेको थियो ।
प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले पक्राउपछि उसले छुरा प्रहार गरी हत्या गरेको स्वीकार गरेको बताए । हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका सोही स्थानकै अन्य १० जनाको बारेमा भने अनुसन्धान जारी रहेको बैदवारले बताए ।
दशैं पूर्णिमाका दिन नयाँगाउँ मैदानमा सराय नाच भैरहेको अवस्थामा स्थानीय युवाहरुको दुई पक्ष बिच विवाद भएको थियो । विवाद बढ्दै गएपछि नियन्त्रणका लागि नयाँगाउँ प्रहरी चौकीबाट खटेका प्रहरी जवान सुर्यबहादुर थापा माथि नै छुरा प्रहार गरी हत्या गरिएको थियो । उनको उपचारका लागि तम्घास ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग