Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दाहाल, रायमाझी र केसी अर्घा पुग्ने

Published on 8:42:00 PM //

पि.एम.मगर
एकीकृत नेकपा माओवादी र राष्ट्रिय जनमोर्चाले अर्घाखाँची जिल्लाको अर्घामा दशै पुर्णिमाको दिन पारेर बुधवार छुट्टाछुट्टै विशाल जनसभा गर्ने भएको छन् ।
अर्घाको मसुरपाटामा हुने एकीकृत माओवादीको जनसभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थानीय विकासमन्त्री एवं स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, नेता हेमन्त प्रकाश ओली लगायतका केन्द्रीय स्तरका नेताहरु आउने भएका छन । यसअघि जनसभालाई संवोधन गर्न प्रधानमन्त्री एवं पार्टीका उपाध्यक्ष वावुराम भट्टराई पनि आउने भनिएपनि समय अभावका कारण उनी नआउने पार्टीले जनाएको छ ।
यसैबीच राष्ट्रिय जनमोर्चाले अर्घाको रानीगैरामा आयोजना गर्ने विशाल जनसभा तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न मोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी, महासचिव सन्तबहादुर नेपाली, केन्द्रीय सदस्य तथा लुम्बिनी अञ्चल ईन्चार्ज बोमबहादुर खत्री, केन्द्रीय सदस्य सागर केसी, शेरबहादुर विसी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । माओवादीले र राष्ट्रिय जनमोर्चाले पुर्णिमाको दिन छुट्टाछुट्टै जनसभा तथा सास्कृतिक कार्यक्रम गर्ने गर्दछन । विगतका वर्षहरुमा रातीमा गरिदै आएकोमा यस वर्ष पुर्णिमाको दिन दिउसो असोज २५ गते कार्यक्रम गर्ने तय भएको माओवादी जिल्ला ईन्चार्ज चन्द्रबहादुर खडकाले बताउनुभयो । राष्ट्रिय जनमोर्चाले रानीगैरा र माओवादीले मसुरपाटामा गर्ने कार्यक्रम स्थल करिब ३ सय मिटर फरकको दुरीमा छन ।
पुर्णिमाको दिन अर्घा भगवती मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई मध्यनजर गर्दै दुवै पार्टीले वर्षौदेखि जनसभा तथा सस्कृतिक कार्यक्रम गर्दै आएका छन । पुर्णिमाको दिन मेलामा आएका हजारौ दर्शक र जनतालाई आफना विचार प्रवाह गर्न दुवै पार्टीले केन्दीय अध्यक्ष लगायत नेता र कलाकार ल्याएर राजनीतिक विचार र सास्कृतिक कला प्रदर्शन गर्ने प्रतिस्प्रधा जस्तै हुने गरेको सर्वसाधारणको भनाई छ 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग