Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोटरसाईकलको ठक्करवाट वालक गम्भिर घाईते

Published on 4:42:00 PM //

सीता भण्डारी,
गुल्मीको हर्दीनेटामा आज दिउसो मोटरसाईकलले ठक्कर दिँदा एक वालक गम्भिर घाईते भएका छन् । गुल्मी चारपालावाट हर्दिनेटा गाविसको चोंयगातर्फ जादै गरेको लु ३ प ५२४७ नंको मोटरसाईकलले विरवास वजारमा स्थानीय १२ वर्षीय दिलिप खनाललाई ठक्कर दिएको हो । ठक्करवाट वालकको टाउको र ढाडमा गम्भिर चोट लागेको छ भने घाईते वालकलाई उपचारकालागि लुम्विनि मेडिकल कलेज प्रवास पाल्पामा लगिएको परिवारजनले जनाएको छ । ठक्कर दिने चालक र मोटरसाईकललाई श्रृङ्गा प्रहरीचौकिले नियन्त्रणमा लिएको जनाएको छ । लोकदोहोरी प्रतिष्ठान गुल्मीले चोंयगामा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा जानेहरुको सडकमा भिड वढेकोले दुर्घटना भएको स्थानीयवासीले वताएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग